एनआरएनए यूके युवा संयोजकलाई ठगीको आरोप

ENGLISH

NRN GLOBAL

एनआरएनए यूके युवा संयोजकलाई ठगीको आरोप

5 May, 2017 | Bipin Acharya | 765 Views | comments

बेलायत जस्तो सभ्य, विकसित र सम्भावना भएको मुलुकमा बसेर पनि केही नेपाली कुकृत्य गर्नमै सक्रिय छन् । त्यसको ज्वलन्त उदाहरण हुन् गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का युवा संयोजक हरि आचार्य । आचार्यले वर्क परमिट निकालिदिने लोभ देखाएर बेलायतमा रहेका कयौं नेपाली विद्यार्थीका झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयां) ठगेको उजुरी एनआरएनए यूकेसम्म पुगेको छ । एनआरएनए यूके युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि नेतृत्वले उनलाई पटक पटक सचेत गराउंदा पनि आचार्यले सुनेनन् बरु गुमनाम रहे ।

युवा संयोजकको जिम्मेवारी लगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न ।

लन्डन उलवीचमा रहेको क्याप्स कन्सल्टेन्सीमार्फत आचार्यले वर्क परमिट निकालिदिने प्रलोभन देखाएर विद्यार्थीसंग शुरुमै ५ देखि १० हजार पाउण्ड लिने गर्दथे । प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खातामा हाल्न लगाउने र पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरि सम्पर्कबाटै टाढिने उनको चलाखी थियो ।

काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कयौं विद्यार्थी समातिएर नेपाल फर्किए भने कति अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् ।

‘विद्यार्थी भिसा सकिने बेला भएपछि वर्क परमिट लिन आचार्यलाई ५ हजार पाउण्ड एडभान्स दिएको थिएं । डेढ वर्ष भइसक्यो न वर्क परमिट, न पैसा फिर्ता दिन्छ, न सम्पर्कमा नै छ’, एक पीडितको गुनासो छ । ति पीडितले बेलायतमा पत्रकार हुं भन्नेहरु पनि एजेन्टकै पक्षमा लागेर आफूलाई सहयोग नगरेको आक्रोश व्यक्त गरे । बेलायतको कानुनले बन्देज लगाएपनि ति पीडितले दुई एजेन्ट नेपाल फर्किएका बेला भौतिक कारवाही समेत गर्ने चेतावनी दिएका छन् ।

आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसंग गर्थे । खरेल सतहमा नदेखिइ आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरण समेत छन् ।

ठगीपछि क्याप्स कन्सल्टेन्सीले आचार्यलाई एजेन्टबाट निकालिसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK