एनआरएनए युगान्डाको तेस्रो महाअधिवेशन सम्पन्न : अध्यक्षमा राजमणि भण्डारी

ENGLISH

एनआरएनए युगान्डाको तेस्रो महाअधिवेशन सम्पन्न : अध्यक्षमा राजमणि भण्डारी

9 July, 2017 | Sandeep Bhattarai | 1450 Views | comments

एनआरएनए युगान्डा

कम्पाला ,युगान्डा । गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रम बीच सम्पन्न भएको छ ।

अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ – २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ ।
एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनील कार्कीबाट प्रमुख अतिथिको रुपमा दिप प्रज्वलन गरि अधिवेशनको उद्घाटन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुनील कार्की , अन्तराष्ट्रिय कार्य समितीका सदस्य जिवनाथ पगेनी , अध्यक्ष रमेश कँडेल लगायतबाटबाट शुभकामना मन्तब्य ब्यक्त भएको थियो ।

त्यस पछि आयोजित बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिबेदन पेश गर्नु भएको थियो ।लगत्तै तीन सदस्यीय निर्वाचन समितिको तर्फ बाट निर्वाचन समितीका संयोजक हेम श्रेष्ठबाट बिपक्षी उम्मेदवार कोहि नहुँदा उम्मेदवार सम्पूर्णलाई निर्विरोध चयन भएको घोषणा गर्नु भएको थियो ।

नव निर्वाचित समितिको नामावली निम्न बमोजिम रहेको छ :
१. अध्यक्ष : राजमणि भण्डारी
२. उपाध्यक्ष : बिनोद थापा, अर्जुन न्यौपाने
३. महासचिव : रमेश शर्मा
४. सचिव : गंगालाल खरेल
५. कोषाध्यक्ष : मन्जुल पाठक
६. युवा संयोजक : तेजेन्द्र “बिबश”
७. महिला संयोजक : तारा गिरि
८. प्रवक्ता : कमल भट्ट
९. कार्यकारी सदस्य : आशिस खड्का, रुद्र के सी , प्रेम बहदुर श्रेष्ठ, गणेश कार्की

कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई कार्ड वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हातबाट पूर्व कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी मनलाई प्रशंसापत्र वितरण गरिएको थियो ।कार्यक्रमको अन्त्यमा पूर्वअध्यक्ष समेत रहनुभएका रमेश कँडेलले नेपाली  संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, डाइरेक्टर, सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरेका छन् ।

एनआरएनए युगान्डाका अध्यक्ष कँडेलले अफ्रिकामा निकाले नेपाली गीत(भिडियो सहित)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK