एनआरएनए युकेले जनगणनामा नेपालीको पहिचानको माग गर्दै बुझायो ज्ञापनपत्र

ENGLISH

एनआरएनए युकेले जनगणनामा नेपालीको पहिचानको माग गर्दै बुझायो ज्ञापनपत्र

6 December, 2018 | Sandeep Bhattarai | 1785 Views | comments

यूके

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो जनगणनामा नेपालीको पहिचान उल्लेख गर्न माग गर्दै बेलायत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एनआरएनएको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेको निजी सचिवालयमार्फत ज्ञापन पत्र बुझाइएको हो ।

प्रधानमन्त्रीको निवास १० डाउनिङ्ग स्ट्रिटमा पुगेर एनआरएन यूकेले ज्ञापन पत्र बुझाएको हो । बेलायतमा नेपालीहरुको बसोबासको क्रम बढिरहेकाबेला जनगणनामा नेपाली नै उल्लेख गर्न एनआरएन यूकेले दबाब गरिरहेको छ ।

टोलीले बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गइरहेको जनगणनामा एसियन मात्र नभएर नेपाली क्याटागोरी पनि राख्न माग गरेको महासचिव आर के त्रिपाठीले जानकारी दिनुभयो ।

ज्ञापपत्र बुझाउन एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा रसमोर बरो काउन्सिलका डेभीड ल्कीफोर्ड र एनआरएनए आइसिसि उपाध्यक्ष कुल आचार्य, सुर्य गुरुङ ,संगीता मरहट्टा ,एनआरएन युकेका उपाध्यक्ष पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहा मगर,ललित कुमार नौपने ,सुशिल राई,,महासचिव आर के त्रिपाठी, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे ,काउन्सिलर लक्ष्य गुरुङ ग्याम गुरुङ, मिन गुरुङ, दयानिधि सापकोटा, कमल पौडेल,एनआरएन युकेका पदाधिकारी, सल्लाहकार एवं सदस्यहरु बेलायत प्रधानमन्त्री कार्यालयको आगाडी करीब दुइ सयको हाराहारीमा नेपाली उपस्थिति रहेको थियो ।

एनआरएनए युकेको युवा संयोजकमा लालबहादुरको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK