एनआरएनए युकेको युवा संयोजकमा लालबहादुरको उम्मेदवारी

ENGLISH

एनआरएनए युकेको युवा संयोजकमा लालबहादुरको उम्मेदवारी

3 September, 2017 | Sandeep Bhattarai | 745 Views | comments

लालबहादुर गुरुङ

आगामी सेप्टेम्बर ९ हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा काम गर्दै आएका गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार थालेको बताएका छन् । गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरीसमेत छन् ।

आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु निकै चर्चित व्यक्ति हुन् । ‘अहिलेका युवाले के चाहन्छन् र युवाले लिने अबको बाटो कस्तो हुनुपर्छ भन्ने मैले नजिकबाट बुझेको छु,’ युवा संयोजक पदका उम्मेदवार गुरुङले भने, ‘मैले रहरले भन्दा पनि बेलायतमा रहेका युवालाई संगठित गर्न र युवाको मनोभावना अनुसार काम गर्न उम्मेदवारी दिएको हुँ ।’

बेलायती नेपालीका समस्यालाई नजिकबाट नियालेकाले ती समस्याका समाधान खोज्न र संस्थालाई सही मार्गमा हिँडाउन आफुले युवाको नेतृत्व गर्न चाहेको उनले बताए ।

बिगतमा एनआरएनमा रहेर काम गरेको अनुभव आफुसँग नभए पनि एनआरएनलाई नजिकबाट नियालेको र अन्य विभिन्न संस्थामा काम गरेको अनुभव भएकाले बेलायती नेपालीले माया गर्ने विश्वास उनको छ । युवामुखी योजना र काम गर्ने दृढ संकल्पका साथ प्रवासी बेलायती युवा र नेपाली समुदायमाझ विभिन्न महत्वपूर्ण ल्याउने उनले बताए ।

एनआरएनए एनसीसी कतारको महासचिब पदमा शर्माको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK