एनआरएनए युएईमा रमेश र शालिकवीच प्रतिस्पर्धा हुने

ENGLISH

NRN GLOBAL

एनआरएनए युएईमा रमेश र शालिकवीच प्रतिस्पर्धा हुने

12 September, 2017 | Bipin Acharya | 680 Views | comments

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्ष पदमा रमेश श्रेष्ठ र शालिक सुबेदीवीच प्रतिस्पर्धा हुने भएको छ । १५ सेप्टेम्बर दुबईमा हुन लागिरहेको एनआरएनए युएईको अधिबेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

निर्वाचन समितिका संयोजक लक्ष्मण खनालका अनुसार अध्यक्षमा श्रेष्ठ र सुवेदीले उम्मेदवारी दर्ता गरेको हुन् । २१ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका उम्मेदवार श्रेष्ठ बर्तमान कार्य समितिका उपाध्यक्ष हुन भने सुबेदी सल्लाहकार हुन् ।

३ जना उपाध्यक्ष पदमा नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मल कुमार पोखरेल र नर बहादुर सेनको उम्मेदवारी परेको छ । महासचिव पदमा कृष्ण पौड्याल र निश्चल दाहालको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार २ वटा सचिव पदमा मिलबहादुर गुरुङ (मिलन) र राजेश बोहोराको मात्र उम्मेदवारी परेको छ । कुनै दाबीबिरोध नपरेको खण्डमा उनीहरु दुवैजना निविरोध निर्वाचित हुनेछन् । कोषाध्यक्ष पदमा राजु केसी र बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् । महिला सञ्जाल प्रतिनिधिमा मोती कुमारी राई र युवा सञ्जाल प्रतिनिधिमा नबिन पौडेलको उम्मेदवारी परेको हुनाले निर्बिरोध निर्बाचित हुनेछन ।

बिदुर न्यौपाने, सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, शमसेर योन्जन, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीबन दास, केशब शर्मा नेपाल, बिष्णुहरी बगाले, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरण सुबेदी, टक बहादुर गुरुङ, नगेन्ऽ प्रसाई, असार तामाङ र सागर लुइटेल गरी १८ जनाले सदस्य पदमा उम्मेद्वारी दिएका छन ।

अन्तर्रास्ट्रिय (आईसीसी) सदस्यमा चित्र बहादुर केसी, ठाकुर प्रसाद ढुंगाना र नेत्र थनेतको उम्मेदवारी परेको छ ।

१ हजार पन्जिकृत सदस्य बराबर १ आईसीसी सदस्य हुने नियम अनुसार युएईबाट २ जना आईसीसी छानिने छन् । एनआरएनए युएईको बिधान २०१३ अनुसार बर्तमान कार्यसमिति, सल्लाहकारहरु र निर्वाचित पार्षद गरी २८७ जना पार्षदले मतदान गरी नयाा कार्यसमिति चुन्ने ब्यवस्था रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK