एनआरएनए युएईद्वारा बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए युएईद्वारा बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

राम ढुंगेल, अबुधाबी

13 May, 2017 | Bipin Acharya | 730 Views | comments

गैरआवासीय नेपाली संघ युएईले २५६१ औं बुद्धजयन्ती अबुधाबीमा एक कार्यक्रम गरी मनाएको छ । रकगायक रविन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनआरएनए एनसीसी युएईका अधिकांश पदाधिकारीहरुले बुद्धको तस्वीरमा माल्यार्पण गरी बुद्धको महिमा गाउँदै बुद्धजयन्ती मनाएको एनआरएनले जनाएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको सन्देशहरु अझै पनि समयसापेक्ष भएको वक्ताहरुले जोड दिएका थिए । मे १२ तारिख अबुधाबीको भान्साघर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले बुद्ध सबैका साझा भएका कारण सबै संघसंस्थाले आआफ्नै पाराले बुद्धजयन्ती मनाउन सक्ने बताए । उनले बुद्धको शान्ति, सहिष्णुता र भातृत्वको भावनालाई समेट्दै परदेशमा सबै नेपालीहरु एकताबद्ध भएर अगाडि बड्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा एसियाका तारा गौतम बुद्धको शान्ति, अहिंसा र त्यागको मार्गमा जीवनलाई डोहोर्याएमात्र बुद्धजयन्ती मनाउनुको सार्थकता झल्कने कुरामा जोड दिइएको थियो ।

एनआरएनए राक क्षेत्रीय कमिटीले पनि रास अल खेमा क्षेत्रमा विभिन्न नेपाली संघसंस्थाहरुको सहकार्यमा बुद्धजयन्ती मनाएको क्षेत्रीय अध्यक्ष राजेन्द्र रास्योराले बताएका छन् ।

यसैबीच एनआरएनए युएईले एनसीसी सदस्य भोजराज फुँयाल (शंकर) लाई बिदाई कार्यक्रम गरेको छ । लामो समय युएईका रोजगारीका क्रममा रहेका प्रस्टवक्ता, सामाजिक व्यक्तित्व फुँयाल पुनः युएई नफर्कने गरी नेपाल जाँदै छन् । नेपाली दुतावासमा आयोजित बिदाई कार्यक्रममा फुयाँलले युएईमा रहँदा निर्वाह गरेको भूमिकाको सबैले प्रशंसा गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK