एनआरएनए युएईको क्रियाशीलता बढ़दै

ENGLISH

एनआरएनए युएईको क्रियाशीलता बढ़दै

20 March, 2016 | Sandeep Bhattarai | 700 Views | comments

uaeअरुबेला सुस्ताए पनि अधिवेशन वा साधारणसभाका बेला कुनै पनि संघ-संस्थाको चहल पहल बढ्छ । हाम्रा सामाजिक संघ-संस्था र राजनीतिक संगठनमा यस्तै देखिन्छ । सामान्य अवस्थामा निष्क्रिय रहे पनि नेतृत्वको बाँडफाँड वा पदाधिकारीको चयन हुनेबेला कुनै पनि संघ-संस्थाको क्रियाशीलता ह्वात्तै बढेर जान्छ ।

प्रसंग गैरआवासीय नेपाली संघ, युएईको हो । झन्डै ६ महिनाअघि एनआरएनए युएईको छैटौं अधिवेशन हुँदै थियो । अरुबेला सुस्त रहेको एनआरएन युएई त्योबेला जागेको थियो ।अध्यक्षका प्रत्याशी सुदीप कार्की र लेखनाथ न्यौपानेको व्यक्तित्व, क्रियाशीलता तथा सामाजिक योगदानबारे समाचार आएका थिए ।

निश्चय नै दुवै उम्मेदवारलाई कुनै न कुनै राजनीतिक दलका भ्रातृसंगठनको आशीर्वाद थियो । एकले अर्कालाई लगाएका आरोप-प्रत्यारोपको शृंखला सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । अध्यक्षका प्रत्याशी न्यौपानेको इमानदारिता र कुशलताको चर्चा जताततै फैलिएको थियो । तर, उनलाई संगठनमा समय दिन नसक्ने भनी कार्की पक्षले आरोप लगाएको थियो । न्यौपाने पक्षले कार्की पक्षलाई अपरिपक्व भनेको थियो ।

स्थानीय कानुनविपरीत चुनौती मोलेर पाँचतारे होटलमा आयोजना गरिएको मतदानबाट सुदीप कार्की एनआरएन युएईको अध्यक्ष बने ।कार्की अध्यक्ष भएको आज ६ महिना भएको छ । सरकारको कामको मूल्यांकन त सय दिनकै हनिमुन पिरियडमा गर्ने नेपाली संस्कार छ । त्यस अर्थमा कार्की नेतृत्वको समीक्षा गर्ने समय यो नहुन सक्छ ।एनआरएन नेतृत्वको समीक्षा प्रायः कार्यकालको अन्त्यमा गरिएको पाइन्छ । त्यो अर्थमा एनआरएन युएईको ६ महिने अवधिको मूल्यांकन गर्नु पनि हतारै ठहर्ला ।

एनआरएन आफैँमा धनी संस्था होइन । एनआरएन केही धनी मन भएका व्यक्तिको विश्वव्यापी तथा नेपाल सरकारबाट मान्यताप्राप्त एक सामाजिक संस्था हो । एनआरएनले चमत्कार गर्ने अथवा फरक काम गर्ने होइन । केही काम फरक तरिकाले गर्ने मनकारी प्रवासीको संस्था हो, एनआरएन ।

यसको सुरुवात दोहोरो नागरिकता वा जे-जे स्वार्थले प्रेरित भएर गरिए पनि यसले गरेका मानवीय सहयोगका कारण यसको लोकपि्रयता विश्वका नेपालीमाझ फैलँदै गएको छ । यद्यपि, खाडी तथा मलेसियाको एनआरएनको औचित्यलाई लिएर उठेका केही सवालमा अझै पनि चित्तबुझ्दो जवाफ कसैले दिन सकेको छैन । त्यही भएर मध्यपूर्वमा केही व्यक्ति तथा संस्था एनआरएनका कट्टर विरोधी पनि देखिन्छन् । तर, कसैले स्विकारे पनि अस्वीकार गरे पनि एनआरएन विश्वभरिका नेपालीको विश्वासिलो अभियानका रुपमा परिचित बन्दै गएको छ । यसमा आईसीसीले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

कार्की नेतृत्वको एनआरएनए युएईमा झट्ट हेर्दा आलाकाँचा देखिन्छन् । ३२ वर्ष टेक्न लागेका कार्की स्वयं विश्वभरिकै एनआरएनमध्येकै सम्भवतः सबैभन्दा कान्छा अध्यक्ष हुन् । त्यही उमेरकै कारण पनि चुनावताका एनआरएन युएई ‘बचाउन’का लागि विपक्षीले कार्कीको उछितो काढेका हुन सक्छन् ।
आशलाग्दो सुरुवात

अहिले एनआरएन युएईको नियमित बैठक बस्ने गरेको छ । अघिल्लो कार्यकालमा कार्य समितिको बैठकमा समेत पदाधिकारी अपुग भएर बैठक नै स्थगन गर्नुपरेको स्थिति थियो । पदाधिकारी भेला समेत गर्न नसकेको एनआरएनको अघिल्लो कार्यकाल भूकम्पमा राहत सामग्री संकलन गर्न र नेपाली दूतावासमै पासपोर्ट वितरणमा सहजीकरण गर्नमा सीमित बन्यो । कृष्ण भुसाल नेतृत्वको अघिल्लो कार्यकालमा खासै उल्लेखनीय कार्य हुन सकेन ।

मृत्युदण्डको सजायँ सुनाइएका अनिश खालिङ राईलाई बचाउन आर्थिक संकलन अभियनको संयोजन गरेर २५ हजार दिराम्स नेपाल पठाएको कुरा सकारात्मक मान्न सकिन्छ । तर अभियान चलाएकै बखत युएईकै अमुक च्यारिटी फन्डबाट राईको ब्लड-मनी तिरिएको दूतावास तथा एनआरएन स्वयंलाई जानकारी थिएन ।

महाभूकम्पका बेला देशै क्षतविक्षत भएपछि राहत स्वरुप १२ जुनमा अबुधाबीमा आयोजना भएको सांगीतिक कार्यक्रमको ‘क्रेडिट’ त्यो बेलाको एनआरएनले लिने प्रयास गरेको छ । तर, त्यो कार्यक्रम सफल पार्न युएईभरिका सबै नेपालीको हात थियो । संयोजकका रुपमा एनआरएन युएईका तत्कालीन अध्यक्ष कृष्ण भुसाल रहेका कारण एनआरएनले क्रेडिट लिन खोज्नु स्वाभाविक ठहर्ला

यो प्रसंगमा एनआरएन युएईको वर्तमान कार्यसमितिको कार्यकालको समीक्षा गर्न उचित हुन्छ । सबैभन्दा पहिला एनआरएन आईसीसीले थालेको राहत वितरण कार्यमा यो समितिले सहकार्य गरेको देखिन्छ । १५ अक्टुबर २०१५ मा मकवानपुर र सिन्धुपाल्चोकको चेपाङ बस्तीका ८० घर-परिवारमा खाद्यान्न र लत्ताकपडा वितरणमा युएईको एनआरएनले ३५ हजार रुपैयाँ प्रत्यक्ष सहयोग गरेको थियो ।त्यसपछि २३ अक्टुबर २०१५ मा सोलुखुम्बुको सल्लेरी र तपतिङ गाउँमा भूकम्पपीडित ६५ महिलालाई एक हजार २ सय ३० जोर लत्ताकपडा उपलब्ध गराएको देखिन्छ ।

२०७२ साल तिहारको अवसरमा एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठको समयोजकत्वमा खेलिएको देउसीबाट संकलित २ हजार २ सय ५ दिराममा २ हजार ७ सय ९५ दिराम एनआरएनको कोषबाट थप गरी ललितपुरको अनाथ बाल आश्रम बाल छहारीलाई आर्थिक सहयोग प्रदान गरेको थियो । सदस्य ऋषि बस्याल र उपाध्यक्ष श्रेष्ठले संयुक्त रूपमा नेपाल पुगेर उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

एनआरएन युएईको वर्तमान कार्यसमितिले गरेको जनमुखी काममा जेलभ्रमण पनि परेको छ । नेपाली दूतावाससँग समन्वय गरेर युएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था सार्वजनिक गरिरहेको छ । सामान्य अभावमा रहेका कैदीलाई टिकट प्रदान गरिरहेको छ ।यो अभियानको सुरुवात ६ डिसेम्बरबाट अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राई समेतको ३ सदस्यीय टोलीबाट भएको थियो । उनीहरूले युएईका विभिन्न जेलमा रहेका नेपालीको स्थिति बुझ्ने र डाटा संकलन गर्ने र सकेको सहयोग गर्ने शृंखलालाई जनमुखी काम मान्न सकिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK