एनआरएनए युएईको अध्यक्ष पदका प्रत्यासी रमेश श्रेष्ठको जित सुनिश्चित

ENGLISH

एनआरएनए युएईको अध्यक्ष पदका प्रत्यासी रमेश श्रेष्ठको जित सुनिश्चित

युएई, दुबई

10 September, 2017 | Sandeep Bhattarai | 1425 Views | comments

एनआरएनए युएई

युएईमा हुन गईरहेको गैर आवासीय नेपाली संघको अधिबेशनमा अहिले चुनावी माहोल तातिदै गएको छ l

विशेष गरि अध्यक्ष पदको लागि आफ्नो पक्षमा संगठनलाई मजबुत बनाउन उम्मेदवारहरु लागि परेका छन् l अहिले युएईमा बस्ने गैर आवासीय नेपालीहरुको सामाजिक संजालको भित्ताहरुमा समेत आ आफ्नो पक्षका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार मात्र देखिन सकिन्छ l

युएईका नेपालीहरुबीच लोकप्रिय बनेका अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठको संगठन मजबुत रहेको र उनको जित करिब करिब पक्का रहेको कुरा जानकारहरु बताउछन l उनले गरेको सामाजिक कार्य, श्रमिकहरुको पक्षमा वकालत गर्दै आएका कुराहरु, हरेक नेपालीका दु:ख पीडामा जोकोहीलाई पनि साथ र सहयोग गर्दै आएका कुराहरुले तथा युएईमा भएका सम्पूर्ण संघ सस्थाहरुलाई समन्वय गर्न सक्ने क्षमता भएका, बौद्धिक क्षेत्रका अब्बल मानिने भएको कारणले गर्दा पनि रमेश श्रेष्ठ सबैको रोजाइमा परेका हुन् l

अहिलेको कार्यकालका गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष समेत रहेका रमेश श्रेष्ठसंग काम गर्ने क्षमता तथा अनुभव समेत भएकोले पनि रमेश श्रेष्ठको बिजयको सम्भाबना प्रवल बनेको हो l अध्यक्षका प्रत्यासी मध्येका रमेश श्रेष्ठ एनआरएनए युएईको २ पटकको समितिमा क्रमश सदस्य र उपाध्यक्ष बनेर प्रवासी नेपालीहरुको दु:ख सुखको सहयात्री बनेर सम्पूर्ण युएईबासीको मन जित्न सफल भएका छन् ।

श्रेष्ठले २०१५ -२०१७ कार्यसमितीले चलाएको अभियान सहयोग तथा उद्धार समितीको संयोजक भएर युएईमा भईपरी आएका विविध श्रमिकहरुको समस्याहरुलाई समाधान गर्दै पीडितहरुलाई सहयोग गर्ने प्रयास गरे। यसअघि उपाध्यक्ष हुँदाको कार्यकालमा रहेका प्रतिबद्धतालाई कार्यन्वयन गर्न पनि श्रेष्ठले अध्यक्ष जित्नुपर्ने देखिन्छ ।

युएईमा रहेका संघ संस्थाप्रति सकारात्मक भइ हातेमालो गर्ने प्रतिबद्धता लिएका श्रेष्ठ विगतमा आफु सहयोगी भइ प्रवासी नेपालीको हकहितमा लागेको कुरालाई हामी नकार्न सक्दैनौ । वर्तमान अवस्थामा युएईमा नेपालीहरुका विविध किसिमका समस्याहरु रहेका छन । भिजिट भिसाको समस्या झनै बिकराल हुँदै गएको छ ।नक्कली भिसाको बिगबिगी छ । मानब तस्करी बढ्दो छ । घरेलु कामदारहरुको समस्या झनै बढ्दो छ । यस्ता बिषयलाई छिटो भन्दा छिटो टुङ्याउनको लागि समेत श्रेष्ठले आफ्नो नेतृत्वमा बनेको आगामी कार्यसमितीले विशेष भूमिका निर्बाह गर्ने प्रतिबद्दता जाहेर गरेका छन् जुन जरुरी पनि छ ।

त्यसैगरि श्रेष्ठ भन्छन् -‘ हरेक दिन कोहि न कोहि नेपाली समस्यामा पर्ने वा नेपालमा पनि बिभिन्न समस्या ,बिपत्तिहरु परिरहने र त्यसको सहयोगार्थ हामीले सधै प्रवाशमा रहेका नेपालिहरुसँग सहयोग संकलन गरि रहन्छौ, हरेक पटक सहयोग मागी रहन पर्ने र सामान्य कामदारको रुपमा काम गर्ने अधिकांश नेपालीहरुले सधै सहयोग गरिरहन पनि नसक्ने यस्तो अवस्थामा हामीले एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिसंग समेत सहकार्य गर्दै एउटा कोष स्थापाना गर्ने र साना तिना सहयोग आवश्यक रहेको खण्डमा त्यसै कोष मार्फत उद्दार तथा राहात तत्काल परिचालन गर्ने गरि एउटा कोष बनाउने छु।’

अबको एनआरएनएको कार्यकालको लागि विगतमा एकिकृत हुन नसकेको र हातेमालो समेत गर्ने प्रतिबद्धता पनि आएकोले उनको यस कार्यकालको अध्यक्षताको उमेदवारी जरुरी छ । युएइमा भिजिट भिसामा आएकाहरु अस्वस्थ्य भइ अस्पताल भर्ना भएको स्थानमा समेत सहयोगी बनेर श्रेष्ठ पुगेका छन् ।

युएई गैर आवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ एक मिलनसार, मृधुभाषी, सहनशील, इमान्दार, अरुको दु:खमा सधै साथ दिन तत्पर, सधै श्रमिकहरुको हकहितको लागि लड्ने एक कुशल समाजसेवीको रुपमा समेत परिचित भएको हुँदा सम्पूर्ण युएईबासी गैर आवासीय नेपालीहरुको रोजाइमा परेमा रमेश श्रेष्ठको जित सुनिशिचित बन्दै गएको कुरा युएई निबासी नेपालीहरु बताउछन ।

एनआरएनए युएईद्वारा बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK