एनआरएनए मध्यपूर्व सहसंयोजकमा गुरुङको उम्मेदवारी

ENGLISH

एनआरएनए मध्यपूर्व सहसंयोजकमा गुरुङको उम्मेदवारी

एम पि पोखरेल,दोहा, कतार ।

19 September, 2017 | Sandeep Bhattarai | 750 Views | comments

प्रविन गुरुङगैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को मध्यपूर्व सहसंयोजकमा प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

विश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनएको २०१७–१९ कार्यकालका लागि एनआरएनए अभियानका क्रियाशिल एनआरएनए कतारका द्धितिय उपाध्यक्ष समेत रहेका गुरुङले मध्यपूर्व सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी सहसंयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।

चितवन नगरपालिका गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् । गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् ।

आफ्नो कार्यकालको बारेमा कुरा गर्दै उनले भने ‘सामाजिक तथा संस्थाका योजना साथै विगत र वर्तमान अवस्थालाई बुझ्नका लागि आफ्नो कार्यकाल धेरै महत्वपुर्ण बन्यो । यो कार्यकालले अव कतारमा मात्रै नभई खाडीमा समेत मेरो सहभागीता हुनु जरुरी देखेको छु । त्यसका लागि पनि म आउदै गरेको विश्व सम्मेलनलाई मध्यनजर गर्दै सम्पुर्ण खाडी क्षेत्रको नेतृत्व गर्नका लागि गल्फ सहसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हो ।’ युवाहरुका समस्याहरुलाई नजिकबाट नियालेको बताउदै उनले भने ‘कतारमा व्यवसाय गरिरहेको छु । आर्थिक सहयोग मात्रै हैन केही भावनात्मक कार्यमा पनि मेरो मन जान्छ । कतारमा नेपाली युवाहरुका लागि धेरै अवसर पनि छ । मैले कैयौं नेपालीहरुलाई रोजगारी दिएको छु । त्यो मेरो व्यवसाय हो तथापी नेपालमा गलत बाटोमा हिडिरहेका युवाहरुलाई कतारमा ल्याएर सुधार्ने प्रयास गरिरहेको छु । उनीहरुका परिवारको आग्रहमा दुव्र्यसनीमा फसेका केही युवाहरु मैले अवसर पनि दिएको छु । उनीहरु अहिले राम्रो काम गरिरहेका छन । पारिवारीक तथा सामाजिक कार्यहरुमा संलग्नता राखिरहेका छन ।’

‘युवाहरुको ठुलो जमात रहेको खाडी मुलुकमा युवाहरुलाई एकजुट बनाएर आफ्नो परिवार र मातृभुमी प्रती जिम्मेवारी वहन गर्नका लागी प्रेरणा दिन सकियो भने त्यो पनी एउटा ठुलो सहयोग हो जस्तो लाग्छ’, उनी भन्छन । विशुद्ध सामाजिक भावनाका साथ अगाडि बढिरहेको बताउने गुरुङले खाडीमा रहेका नेपाली समुदाय विच देखिएको विभेदका विरुद्धमा आवाज उठाउदै यहाँ स्थापित सबै संघसंस्थाहरुलाई एकजुट बनाएर नेपालीको छुट्टै पहिचान स्थापित गर्नका लागि आफु समाजिक एनआरएनएमा रहेर काम गर्ने बताएका छन् । उनले भने ‘एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विश्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउबाट सक्दो पहल गरी हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु । ’ गुरुङले कतारमा मेहनत र लगनशिलताले राम्रो सफलता पाइरहेका छन् । उनले शाखाहरु सहित २२ वटा कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।

सामान्य कामदारमा आएका उनको मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको बताउछन् । विभिन्न जटिल अवस्थाको सामना गदै आज यहाँ सम्म आईपुगेको उनी बताउछन् । उनले कतारमा सम्सरा थकाली भान्साघर संचालन गरेर नेपाल र कतारलाई जोडेका थिए । अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्याक्टिङ्ग , ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी , ब्लु माउन्टेन क्लिनिङ्ग एण्ड कन्ट्याक्टिङ्ग,दोहा फरईभर क्लिनिङ्ग एण्ड कन्ट्याक्टिङ्ग, भिक्टर एण्ड भ्यालेन्टिनो ट्रेडिङ्ग एण्ड कन्ट्याक्टीङ्ग ,भिक्टर क्लिनिङ्ग , गुरुङ क्लिनिङ्ग एण्ड हस्पिटालिटी, उईन्टर टे«डिङ्ग एण्ड कन्ट्याक्टीङ्ग लगायतका कम्पनीहरु सन्चालन गरी नेपाली तथा विदेशीहरुलाई रोजगारीको अवसर दिइरहेका छन ।

व्यवसायको बारेमा राम्रै दख्खल राख्ने उनले कतारमा नयाँ व्यवसाय शुरु गरे । उनले आजसम्म मध्यपूर्वमा रहेका नेपाली व्यवसायीहरुको भन्दा फरक व्यवसाय संचालनमा ल्याएका छन् । उनले कतारमा ‘द एम्बेसी क्लव’कतारको मुटुमा रहेको एक प्रतिष्ठत पाँचतारे होटल बेष्ट वेष्र्टन प्लसमा क्लव खुलिसकेको छ । मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधान तथा एनआरएनए अभियानलाई मजबुद बनाउदै लैजाने प्रतिवद्धता जनाउदै गुरुङले उक्त क्षेत्रमा रहेका एनआरएनएका सम्पूर्ण अभियन्ताहरुलाई मध्यपूर्व सहसंयोजकमा आफुलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् ।

एनआरएनए एसिया संयोजकमा गोविन्दको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK