एनआरएनए बेल्जियमद्वारा राजदुत राममणीको बिदाई

ENGLISH

NRN GLOBAL

एनआरएनए बेल्जियमद्वारा राजदुत राममणीको बिदाई

9 June, 2016 | Bipin Acharya | 515 Views | comments

a

गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा गत ५ जुन २०१६ का दिन भएको कार्यक्रममा बेनेलक्सका लागी नेपाली राजदुत राममणी पोख्रेललाई बिदाई गरेको छ ।

आफ्नो कार्यकाल पुरा गरेर नेपाल फर्कन लागेका नेपाली राजदुतको बिदाई समारोहमा बेल्जियम स्थीत बिभिन्न राजनैतिक तथा सामाजिक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले भाग लिएका थिए । उक्त कार्यक्रममा एनआरएन केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, यूरोप संयोजक कुल आचार्य, महिला उपसंयोजीका रजनी प्रधान, यूरोप क्षेत्रिय उपसंयोजक प्रेम गुरुङ, पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनआएन बेल्जियमको अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा संपन्न भएको थियो | कार्यक्रममा प्रमुख अतिथि महामहिम राममणी पोख्रेलले बिगत चार बर्षमा राजदुतावासबाट सेवा लिनेहरुकालागी सेवालाई चुस्त बनाउनुका साथै कुटनितिक क्षेत्रको काम अगाडी बढाउन सफल भएको चर्चा गरेका थिए ।

समारोहमा राजदुत पोख्रेलले चार बर्षको समयमा सबै समुदायलाई समान ब्यवाहारले हेरेको तर कामको दौरानमा भुलवस कुनै गल्ति भएको भए पनि त्यसलाई गल्ति कुनै प्रतिसोध को भावले नहेरिदीन आग्रह गर्नुको साथै बेल्जियममा रहेका प्रवासी नेपालीहरुको अझ बढी प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै संघका अध्यक्ष गगांधर गौतमले बेल्जियमका नेपालीहरु एक सच्चा अभिभाबकलाई बिदाई गर्नु पर्दा नरमाईलो महसुस भएको र साथै उहाले सरल स्वभाव र दुतावासको काममा देखाउनु भएको परिवर्तनलाई हामी सधै संझिरहने बताए । बिदाई कार्यक्रममलाई एनआरएनए बेल्जियमको महासचिव लोक दाहालले संचालन गरेका थिए भने बिदाई गर्ने पिडा संग सगै बेल्जियममा उहा प्रतिको योगदानको सधै कदर गरिने बताए ।

बिदाई कार्यक्रम पश्चात साथै नेपलबाट यूरोप भ्रमणमा आएका नेपालका ख्याति प्राप्त कलाकार महजोडीको बेजोड प्रस्तुति मह जात्रा कार्यक्रम सपन्न भएको थियो । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्यले नेपालको बर्तमान समसामयिक परिदृश्य तथा नेपाली राजनैतिक लाई तिखो व्यंग को रुपमा आफ्नो कला द्वारा प्रस्तुत गरेका थिए । भने ,साथमा नरेन्द्र कंशाकार, यमन श्रेष्ठ मोहित आचार्य र गायिका माण्डबि त्रिपाठी को प्रस्तुति पनि रहेको थियो ।

अत्यन्त भब्य र बेल्जियम स्थीत नेपालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमलाई सफल पार्न बिभिन्न तह तप्काबाट सहभागी भएका संघ संस्था तथा एनआरएन बेल्जियमका कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु, एनआरएन महिला उपसंयोजीका लगएत संपुर्णलाई एनआरएन, बेल्जियमका अध्यक्ष गगांधर गौतमले धन्यवाद दिएका थिए । भने ,कार्यक्रमको अन्त्यमा पाहुना कलाकारलाई गैर आवासीय नेपाली संघ बेल्जियमको तर्फबाट मायाको चिनो सहित सम्मान प्रदान गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK