एनआरएनए बेल्जियमको अध्यक्षमा दाहाल

ENGLISH

एनआरएनए बेल्जियमको अध्यक्षमा दाहाल

8 September, 2017 | Sandeep Bhattarai | 2280 Views | comments

एनआरएनए बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा लोक दाहालले ११८३ मत ल्याएर विजयी भएका छन् । दाहालले अध्यक्षका उम्मेदवार रहेका सुवाश जोशीलाई २ सय ४२ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

सेप्टेम्बर ३ मा भएको संघको छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजयी भएका छन भने प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका छन् भने अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजयी भएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा अनुजा प्रधान (निर्विरोध), महासचिवमा कोषध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा (निर्वाचित), कोषध्यक्षमा रोशन गुरुङ (निर्वाचित), सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा (निर्वाचित) महिला सचिवमा मुना ताम्राकार (निर्वाचित) महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीज कुमार श्रेष्ठले सबै भन्दा बढी मत ल्याई बिजयी भएका छन । साथै सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर कार्र्की, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ ।

त्यसैगरी एनआरएनए आइसीसी सदस्यमा सरु चापागाईँ र पदम गुरुङ निर्वाचित भएका छन् ।निर्वाचित घोषणसभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनए महिला सहसंयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सहसंयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु, बेल्जियममा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पूर्वअध्यक्ष समेत हुन, उनलाई अर्का राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठूला संगठनका साझा उम्मेदवार हुन । श्रेष्ठले लोकतान्त्रिक समाबेशी समुहको नेतृत्व गरेका थिए ।
समावेशी स्वतन्त्र समुहबाट अध्यक्षको उम्मेदवारी दिएका दाहाल जनप्रगतिशील मंचका नेता रहेको र उनलाई माओवादी संघीय समाज र राप्रपाका तर्फबाट साझा उम्मेदवार बनाइएको बताइएको छ भने लोकतान्त्रिक समाबेशी समुहबाट उम्मेदवारी दिएका सुवास श्रेष्ठ जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष समेत हुन् । जोशी नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मंचका तर्फबाट साझा उम्मेदवार बनेको बताइएको छ ।

अध्यक्ष दाहालले बेल्जियमबासी दाजुभाइ दिदीबहिनीहरुको अपार मायाका कारण आफू विजयी भएको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गर्दै एनआरएन बेल्जियमको २०१७-२०१९ को कार्यकाललाई विशेष तवरले योजना बनाउँदै बैज्ञानिक ढंगले काम गर्दै अघि बढ्ने बताए ।

दाहालले निर्वाचनका क्रममा हुने जित हार स्वाभाविक प्रक्रिया रहेको बताउँदै आगामी दिनहरुमा संगै हातेमाले गरी अगाडि वढ्ने समेत बताए ।

नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौं अधिवेसन हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK