एनआरएनए बिश्व सम्मेलन आयोजना गर्न १९ सदस्यीय उच्चस्तरीय समिति गठन

ENGLISH

POLITICS

एनआरएनए बिश्व सम्मेलन आयोजना गर्न १९ सदस्यीय उच्चस्तरीय समिति गठन

10 September, 2015 | Sandeep Bhattarai | 560 Views | comments

sam

गैरआवासीय नेपाली संघको सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि नेपाल सरकारले पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा १९ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । सो समितिमा नेपाल सरकार, गैरआवासीय नेपाली संघ र नीजि क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व रहेको छ ।

सम्मेलनको आयोजकमध्ये एक नेपाल सरकार पनि रहने प्रचलनअनुसार यो पटक पनि सरकारले परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन गरेको हो । बुधबार बसेको समितिको पहिलो वैठकले सम्मेलन आयोजनाका सन्र्दभमा बिभिन्न निर्णयहरु गरेको छ ।

वैठकले उच्चस्तरीय समितिको मातहतमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने गरी बिभिन्न उपसमितिहरु गठन गर्ने र त्यसको जिम्मेवारी समितिका सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसमेतको सहभागितामा वसेको वैठकमा पराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालयका सचिवहरु, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उर्जा मन्त्रालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष, व्यापार तथा निकासीय प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

वैठकमा आफ्ना धारणा राख्दै परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले घोषणापत्र निर्माणका बिगतका अनुभवबाट सिक्दै त्यसको कार्यान्वयन पक्षलाई मूल्याङ्कन गरी कार्यन्वयन गर्न सकिने बुँदामात्र समावेश गरी घोषणापत्र तयार पार्नुपर्ने सुझाव दिनुभयो । घोषणापत्र कार्यन्वयन भए/नभएको अनुगमन गर्न एक समिति बनाउने र त्यसमा नेपाल सरकार र निजीक्षेत्रका प्रतिनिधिसमेत सहभागी गराउनुपर्ने उहाँले प्रस्ताव गर्नुभयो ।

सो अबसरमा संघका अध्यक्ष घलेले सम्मेलन आयोजनाका सन्र्दभमा हालसम्म भएका प्रगति बिबरणबारे जानकारी दिँदै यसपटकको सम्मेलनको मुल नारा ‘एनआरएनए – राष्ट्र पुन:निर्माणको सच्चा साझेदार’ तय गरिएको जानकारी गराउनुभयो । सम्मेलनका बिभिन्न बिषयमा बिषयगत प्रस्तुती दिँदै उहाँले भूकम्प पिडीतका लागि एक हजार घर निर्माण गर्ने र त्यस अभियानमा एनआरएनए स्वयंसेवकलाई परिचालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । सम्मेलन सफलताका लागि नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिसहित सवै सरोकारवालाको उत्तिकै सक्रिय सहभागिताको अपेक्षा गरिएको भन्दै उहाँले यसपटकको बिश्वसम्मेलन पुन:निर्माणको प्रकृयामा रहेको मातृभूमीप्रति गैरआवासीय नेपालीको ऐक्यबद्धताका रुपमा पेश गरिने जानकारी दिनुभयो ।

सो अवसरमा उच्चस्तरीय समितिका अध्यक्ष एवं परराष्ट्रमन्त्री पाण्डेले एनआरएनएले राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको प्रसंसा गर्दै यसपटकको सम्मेलन त्यस दिशमा झनै अर्थपूर्ण हुने बताउनुभयो । सम्मेलनको सफलताका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले उपसमिति निर्माणसहित तयारीमा जुट्न सवै सरोकारवालालाई अनुरोध गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK