एनआरएनए बहराइनको अध्यक्षमा लालप्रसाद निर्विरोध

ENGLISH

एनआरएनए बहराइनको अध्यक्षमा लालप्रसाद निर्विरोध

23 July, 2017 | Sandeep Bhattarai | 1225 Views | comments

एनआरएनए बहराइन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए )बहराइनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्विरोध भएका छन।

म्याग्दीको मंगला गाउँपालिका वडा नं. २ बाबियाचौर घर भई हाल बहराइनमा रहेका पुन एनआरएनए. बहराइनका निवर्तमान प्रथम उपाध्यक्ष हुँदै छैटौं अधिवेशनबाट अध्यक्षमा निर्विरोध भएका हुन्।

म्याग्दी उद्धार समिति बहराइनको पूर्वअध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकारसमेत रहेका पुन जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि बहराइनमा गरिने अभियानहरुमा सक्रिय रहँदै आएका छन्। नवनिर्वाचित एनआरएनए बहराइनका अध्यक्ष पुनले बहराइनमा रहेका नेपाली कामदारहरुमा देखिएको समस्या समाधानमा लाग्ने आफ्नो प्रमुख कार्यभार रहेको बताएका छन्।

उनले बहराइनमा पुग्ने कामदारहरुमा देखिने समस्या समाधान गर्ने, अलपत्र रहेका कामदारहरुलाई स्वदेश फिर्ताको लागि पहल गर्ने, भइपरी आउने आपत विपद्मा सहयोग गर्नेजस्ता कार्यहरुलाई समेत आफूले प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए।

अधिवेशनबाट आइसिसी सदस्यमा कमल श्रेष्ठ, उपाध्यक्षमा तेजराम सापकोटा, शेरबहादुर राउत र नारायण उप्रेती निर्वाचित भएका छन्। त्यस्तै, महिला उपाध्यक्षमा लक्ष्मी गिरी, महासचिवमा प्रेमबहादुर क्षेत्री, सचिवमा अजय गुरुङ, कोषाध्यक्षमा राजाराम सुवेदी ,सहसचिव शिव शंकर आचार्य, युवा संयोेजकमा अमर श्रेष्ठ, महिला संयोजकमा पुष्पा श्रेष्ठ प्रजा, सांस्कृतिक संयोजकमा टेकबहादुर महत (अशिम), कल्याणकारी कोष संयोजकमा पुरण केसी तथा सदस्यहरुमा अन्जु बिक, दीप बिक्रम राणा, अनील श्रेष्ठ र पदमकुमार गुरुङ निर्विरोध भएका छन्।

एनआरएनको गल्फ संयोजकमा शर्माको उमेद्वारी

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK