एनआरएनए फ्रान्सको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए फ्रान्सको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सुवर्ण हमाल, पेरिस

5 September, 2017 | Sandeep Bhattarai | 1140 Views | comments

एनआरएनए फ्रान्स

गैर आवसीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद फ्रान्स (NRNA NCC FRANCE ) को २०१७-२०१९ को नव निर्वाचित समितीको पहिलो कार्यक्रम ०३ सेक्टेम्बर २०१७ आईतबारको दिन भव्य रूपमा सम्पन्न भयो ।

संसाकै रमणीय शहर मध्य चिनिने पेरिस फ्रान्स शहर संगै जोडिएको नेपालीहरूको बढी वस्ती भएको लाकुर्नव शहरमा संघका अध्यक्ष एक बहादुर मल्लको अध्यक्षता र नेपाली राजदूतवास पेरिस फ्रान्स की महामहिम राजदूत श्रीमती अम्बिका देवी मानन्धर लुईटेलको प्रमुख आथित्यमा कार्यक्रम भयो ।

कार्यक्रममा संघका संस्थापकहरू, पूव अध्यक्षहरू, पूर्व सल्लाहकारहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, व्यावसायिक व्याक्तिहरू, पत्रकार एवं वुद्दिजीवीहरू र संघलाई माया र विश्वास गर्ने सयौ जनताहरूको उल्लेखनीय उस्थिति थियो ।

प्रमुख अतिथि र संघका अध्यक्षले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने नेपाली राष्ट्रिय गीत गाएर कार्यक्रमको शुरूवात गर्दै कार्यक्रम मा उपस्थित सबैलाई स्वागत मन्तव्य संघ की वरिष्ठ उपाध्यक्ष श्रीमती गीता खनाल थापाले गर्नु भएको थियो र कार्यक्रम संचालन संघका महासचिव नरेन्द्र शाही ठकुरीले गर्नु भएको थियो ।

शुभकामना व्यक्त गर्ने क्रममा क्रमश : मेजो नेपाल पेरिसका प्रतिनिधि हेमन्त उपाध्याय, म्याग्दी समाज पेरिसका अध्यक्ष हेम वानिया, नेपाली एकाता समाज पेरिसका प्रतिनिधि सूर्य पौडेल, एभरेस्ट ग्रुपमा अध्यक्ष कमल अधिकारी, संघ की भूपु. महासचिव अनुराधा पौडेल, पाकोफेन फ्रान्स की अध्यक्ष सुमित्रा प्रधान, तमु समाज फ्रान्स का प्रतिनिधि तुला राम गुरूंग,अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१५-२०१७ ) का ICC सदस्य मिन बहादुर जी सी, संघका संस्थापक अध्यक्ष एवं पूर्व प्रमुख संरक्षक हरिहर अर्याल ,गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१७-२०१९) का नव निर्वाचित ICC सदस्य सुवर्ण विक्रम हमाल, संघ का निवर्तामान अध्यक्ष भक्त वाग्ले, प्रमुख अतिथि , संघका अध्यक्षले आ-आफ्नो तर्फबाट शुभकामना बधाई मंचबाट दिनुभएको थियो ।

कार्यक्रम भव्य र सव्य रहेको थियो मन्तव्य वक्ताहरू बोल्ने क्रममा बीच बीचमा स्थानिय कलाकारहरूको जोडदार डान्स प्रस्तुती गरिएको हुनाले समय सकिएको उपस्थित कोही कसैले नी पत्तो नै नभए झै कार्यक्रम हलमा देखिन्थ्यो । सबै उपस्थित महानुभावहरूले पूर्व घोषणा अनुसार नेपाली स्वादिष्ट खाना खांदै कार्यक्रम भरी भरपुर मनोरंजन र शुभकामना आदान प्रदान गरे । अन्तमा निवर्तामान अध्यक्ष र आईसिसि सदस्यलाई प्रमुख अतिथि र अध्यक्ष को हातबाट माया को चिनो दिंदै खादा ओडाएर सम्मान तथा विदाई गरिएको थियो ।

स्मरण रहोस् एनआरएनए फ्रान्समा सहयोग गर्ने सम्पूर्ण क्रमश: फुटबल , भलीवल खेलाडीहरू, स्वयम् सेवकहरू, कालाकारहरूलाई मंचमा बोलाएर प्रमुख अतिथिको र अध्यक्षको हातबाट खादा ओडाएर सम्मान गरिएको थियो ।

भने संघका निवर्तमान सदस्य किरण के सी ले व्याक्तिगत रूपमा नव निर्वाचित समितीका पदाधिकारी एवं सदस्यहरू र निवर्तावान अध्यक्ष, आईसिसि सदस्यलाई खादा ओडाएर सम्मान तथा बधाई र धन्यवाद ब्यक्त गर्नु भए लगतै कार्यक्रमका अध्यक्षले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK