एनआरएनए फुजैराह क्षेत्रीय समितीले बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने

ENGLISH

NRN GLOBAL

एनआरएनए फुजैराह क्षेत्रीय समितीले बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने

13 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

गैर आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितीले नेपाली कलाकार समुह (NAG) यूएईको बिशेष सहयोगार्थमा आउदो १८ मार्च २०१६ शुक्रबारका दिन फुजैराहको माधव पार्कमा आयोजना गरेको ‘बनभोज तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम’को तयारीलाई अन्तिम रुप दिएको छ । गत शुक्रबार फुजैराह स्थित नेपाली पार्कमा बसेको संस्थाको बैठकले कुल क्षेत्रीको संयोजकत्वमा शंकर महर्जन लगायत १० जनाको ब्यबस्थापन समिती बनाई कार्यक्रमको तयारी पुरा गरेको हो ।

banbhoj

दुईटै संस्थाले सयुक्त रुपमा फुजैराहमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै समाज सेवाका कार्यहरु गर्नुका साथसाथै समय समयमा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै अाई रहेका छन् । आफ्नो जन्म भुमी छोडेर प्रवासमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाउँ भेटघाट गराउदै नेपाली खानाको स्वाद चखाउदै, नाच्दै, गाउदै, रमाउदै, दु:ख सुख साट्दै, सबै एकसाथ बसेर खुशीयाली बाट्ने उद्देश्यका साथ बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा नेपाली राजदुताबासका प्रतिनिधि र एनआरएनए यूएईका केन्द्रिय पदाधिकारीहरुको पनि बिशेष उपस्थिती रहने भएको हुनाले फुहैराहमा कार्यरत नेपालीहरुले आफ्ना समस्या र गुनासाहरु सिधै राख्नु पाउने हामीलाई एनआरएनए फुजैराह क्षेत्रीय समितिका सचिब शेर सुनारले जानकारी दिनु भयो ।

त्यस्तै एनआरएनए फुजैराह क्षेत्रिय समितीका अध्यक्ष कृष्ण गिरीले फुजैराहमा कार्यरत नेपालीहरु बिचमा आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्नु तथा एकै ठाउमा जम्मा भएर दु:ख सुख साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त ‘बनभोज तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम’मा सबैले स-परिवार उपस्थित भएर भब्यताका साथ सफल पार्नु अनुरोध गर्नु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK