एनआरएनए पोर्चुगलका अध्यक्ष केसी युरोपियन संयोजकमा : उपाध्यक्ष संगम अध्यक्षमा

ENGLISH

NRN GLOBAL

एनआरएनए पोर्चुगलका अध्यक्ष केसी युरोपियन संयोजकमा : उपाध्यक्ष संगम अध्यक्षमा

वाईवि तमू ,लिस्बन

30 July, 2017 | Sandeep Bhattarai | 1295 Views | comments

केसी गैर आवासीय नेपाली संघ,पोर्चुगलको आसन्न छैठौ महाधिवेशनको मिति घोषणा भए लगत्तै एनआरएनए ,पोर्चुगलको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम पोर्चुगलवासी तथा पोर्चुगल बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।

गैर आवासीय नेपाली संघ,पोर्चुगलको छैठौ महाधिवेशन आगामी सेप्टेम्वर १० तारिक राजधानी लिस्वनमा गर्ने घोषणा गरिएको छ ।एनआरएनए,पोर्चुगलको अध्यक्षको जिम्मा पाए देखि आफूले पोर्चुगलका नेपाली समुदाय बीच एकताका लागि हरदम प्रयास गर्नुका साथै नेपाली कम्यूनिटीका वारेमा पोर्तुगिज उच्च अधिकारी लगायत पोर्चुगलका उच्च राजनीतिक दलका प्रतिनिधि लगायत पोर्तुगिज संसदीय प्रतिनिधिहरु बीच नेपालीहरुका बारेमा जानकारी दिनुका साथै पोर्चुगलमा नेपाली समुदायहरु अन्य आप्रवासीका तुलनामा निक्कै अनुशासित,परिश्रमी तथा इमान्दार रहेको बारे पोर्तुगिज उच्च अधिकारी लगायत सरकारी अधिकारीहरुले मुल्यांकन गरेको कुरा सम्पुर्ण नेपाली समुदायबीच शेयर गर्न पाउदा आफूलाई निक्कै सन्तुष्टि मिलेको कुरा एक अन्तरवार्तामा अध्यक्ष भिम केसी कमलले बताएका थिए ।

यसै सन्दर्भमा सोधिएको एक प्रश्नमा अध्यक्ष केसीले “आफू एनआरएन,पोर्चुगलको नेतृत्वमा नदोहोरिने तर डिआरसी (युरोपियन संयोजक)को नेतृत्वमा जाने इच्छा रहेको कुरा खुलासा गरेका छन् ।अध्यक्ष केसी एनआरएनए, पोर्चुगलको नेतृत्वमा नदोहोरिने भए पश्चात उपाध्यक्ष सुनिल संगमले एनआरएनए,पोर्चुगलको आगामी (२०१७-२०१९ )को नेतृत्व लिने तयारी गरेको कुरा उनका निकट स्रोत मार्फत बताइएको छ ।

को हुन् सुनिल संगम ?
सुनिल संगमसुनिल संगमको नाम र उनलाई नचिन्ने नेपालीहरु सायदै होलान । चर्चित गीतकार तथा साहित्याकर सुनिल संगम पोचुगललाई आफ्नो कर्मभूमी बनाउदै विगत ७ वर्ष देखि पोर्चुगलको राजधानी लिस्वनमा सपरिवार बसोवास गर्दै आएका छन् ।

पेशाले गीतकार तथा साहित्यकार संगमका दुई दर्जन भन्दा बढि नेपाली आधुनिक तथा गजलहरु रेकर्ड भैसकेका छन् भने साहित्य उनको पहिलो रुचि हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,पोर्चुगलको अध्यक्ष समेत रेहका संगम वर्तमान एनआरएनए,पोर्चुगलको उपाध्यक्ष समेत भएर दुई वर्षे कार्यकालको अनुभव हासिल गरिसकेका छन् भने पोर्चुगल भन्दा पहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,इजरायलका साथै एनआरएनए,इजरायलमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

२०५८ सालमा अधिराज्य व्यापी आधुनिक गीत लेखन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएका गीतकार तथा साहित्यकार संगमले एनआरएनए,पोर्चुगलको आगामी (२०१७-१९ )दुई वर्षे कार्यकालका लागि आफूले नेतृत्व लिने तयारीमा जुटेका छन् ।

हाल सम्म एनआरएनए,पोर्चुगलको आगामी नेतृत्वका लागि कसैले आफ्नो उम्मेदवारी सार्वजनिक नगेर पनि भित्र भित्र भने निक्कै गरमागर्मी शुरु भएको छ ।

सेप्टेम्वर १० मा एनआरएनए पोर्चुगलको छैठौ महाधिवेशन हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK