एनआरएनए पाईसभास्को बिल्बाउ अधिबेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए पाईसभास्को बिल्बाउ अधिबेशन सम्पन्न

बार्सिलोना

3 July, 2017 | Bipin Acharya | 690 Views | comments

गैर आवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी बिजयी भएका हुन्।अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए।

निर्बाचन समितिका संयोजक गंगाराम सापकोटा द्वारा प्रकाशित सूचना अनुसार केन्द्रिय सचिवमा तुलसी बहादुर गुरुङ बिजयी भएका छन्। अर्का प्रतिस्पर्धी कृष्ण प्रसाद सिग्देललाई १२ मतले पछि पार्दै गुरुङ बिजयी बनेका हुन्। निर्बाचनमा गुरुङले ९२ मत तथा सिग्देलले ८० मत प्राप्त गरेका थिए।

यस्तै कार्यसमितिको सचिव पदमा ६३ मत प्राप्त गर्दै कमला बराल निर्बाचित बनिन्। सचिवका अन्य प्रतिस्पर्धीहरु महेश पंगेनीले ५८ मत र राजेन्द्र सेढाईले ५० मत प्राप्त गरेका थिए। शनिबार बिल्बाउमा सम्पन्न समितिको पहिलो अधिबेशनमा तिन वटा पदका लागि निर्बाचन भए पनि अन्य पदका लागि यस अघि नै सर्बसम्मत भएको थियो।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र अर्याल,सहसचिवमा सुरेन्द्र चौलागाई, कोषाध्यक्षमा रमिला चौलागाई(योगमाया),महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुन बहादुर थापा निर्बिरोध निर्बाचित भएका छन्।सदस्यहरुमा बिकास कार्की,टंक बराल,उमा गुरुङ,सञ्जय सुबेदी,सन्तोष अधिकारी,मिलन गुरुङ र राम कृष्ण रानामगरको निर्बिरोध चयन भएका छन्।

गुरुङले गरे आईसीसी सदस्यमा उमेद्ववारी घोषणा:-

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उमेद्ववारी घोषणा गरेका छन्। क्षेत्रीय समिति बिल्बाउको प्रमुख अतिथिको रुपमा उद्घघाट्न गर्दै गुरुङले उमेद्ववारी घोषणा गरेका हुन्।

गुरुङले भने,”दुई बर्ष सम्म राष्ट्रिय समन्वय परिषदको अध्यक्षको जिम्मेबारी सफलता पुर्बक निर्बाह गर्न सके जस्तो लाग्छ,अव एनआरएन अभियानलाई निरन्तरता दिन आईसीसी सदस्यका लागि उमेद्ववारी घोषणा गर्दछु।”

समितिका अध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए स्पेनका उपाध्यक्ष गौतम गुरुङ,सल्लाहकार दावा ऋषी श्रेष्ठ,दिनेश गिरी लगायत बिल्बाउ स्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK