एनआरएनए नेदरल्यान्ड्सको शुभकामना आदान प्रदान कार्यक्रम तथा १३ औं साधारण सभा सम्पन्न

ENGLISH

एनआरएनए नेदरल्यान्ड्सको शुभकामना आदान प्रदान कार्यक्रम तथा १३ औं साधारण सभा सम्पन्न

द्रोण रिजाल , नेदरल्यान्ड्स

1 November, 2018 | Sandeep Bhattarai | 1505 Views | comments

एनआरएनए नेदरल्यान्ड्स

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम गत अक्टुबर २९ तारिखका दिन सम्पन्न भएको छ ।

बेनलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथि हरु क्रमश: केन्द्रीय उपाध्यक्ष कुमार पन्त , केन्द्रीय सदस्य नारायण आचार्य, पूर्व आइसीसी सदस्य तथा विधान संशोधन समितिका संयोजक राम कँडेल सहित विभिन्न संघ संथाका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले नेपालमा रहेका सम्भावनाहरुको खोजी गरि राज्यको सम्वृद्धिका लागि लगानी गर्न र सम्बन्धित देशसंग समन्वय गरी लगानीका अवसरहरु आफ्नो देशमा भित्र्याउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

ख्याती प्राप्त कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुतिसंगै सम्पन्न कार्यक्रममा नेदरल्यान्ड्सबासी नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुको बाक्लो उपस्थिति थियो । एनआरएनए नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिवको प्रतिबेदन र आर्थिक प्रतिबेदन क्रमश: महासचिव जितेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष मिम पुर्जाले पेस गरेका थिए भने विधान संशोधन समितिका संयोजक राम कँडेल र सदस्य धन कुमार बोहराले संशोधित विधान साधारण सभामा प्रस्तुत गरेका थिए ।

एनआरएनए नेदरल्यान्ड्स

आमन्त्रित उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष भिम रोक्काले स्वागत गर्दै कार्यक्रमलाइ सहयोग पुर्याउनुहुने सहयोगी दाताहरुलाई संघकी सचिव शान्ति थोकरले धन्यवाद दिएकी थिइन भने कार्यक्रमको संचालन महासचिव जितेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

एनआरएनए नेदरल्यान्ड्सको विजया दशमी कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK