एनआरएनए नेदरल्यान्ड्सको चुनाबी प्रक्रिया अन्तिम चरणमा

ENGLISH

एनआरएनए नेदरल्यान्ड्सको चुनाबी प्रक्रिया अन्तिम चरणमा

द्रोण रिजाल,नेदरल्यान्ड्स

2 September, 2017 | Sandeep Bhattarai | 1335 Views | comments

नेदरल्यान्ड्सको

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको बर्ष २०१७ -१९ कार्यकालका लागि यहि सेप्टेम्बर ३ तारिख नयाँ कार्य समिति छनौटका लागि महाधिवेशन हुन गैरहेको छ।

साझा सहमति सहित नेपाली समाजमा एकता कायम रहोस भन्ने मनसायले गरिएको सबै प्रयत्नहरु आ-आफ्नै अडानका कारण असफल भएकाले निर्वाचन प्रक्रियामा जानुपरेको एक सदस्यले बताए । प्रवासको बसाइ कामको व्यस्तता र अन्य धेरै कारणहरुका समयलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया भन्दा सहमतीय प्रक्रिया बाटै नेतृत्व चयन गर्न लागि पर्दा असफल भएकाले मतदाता हरुले प्रजातान्त्रिक प्रक्रिया बाटनै आफ्नो मताधिकार प्रयोग गर्दै नेतृत्व चयन गर्नुपर्ने अवस्था सृजना भएको उनले बताए ।

नेदरल्यान्ड्सकोआसन्न अधिवेशनलाई मध्येनजर गर्दै निर्वाचन प्रक्रियामा दुई प्यानल खडा भएका छन्। आइसीसी सदस्य पदका उम्मेदवार बिनोद बस्नेत र अध्यक्ष पदका उम्मेदवार टिकाराम सापकोटा सहितको साझा समावेशी समूह र आइसीसी सदस्य पदका उम्मेदवार साथै वर्तमान एनआरएनए नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङ र अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद शर्मा (मनोहरि) सहितको संयुक्त समावेशी समूह बीच प्रतिस्पर्धा हुदैछ ।

बिगत देखिनै जनसम्पर्क समिति नेदरल्यान्डस् ले समर्थन गरिरहेका उम्मेदवारहरुलाई आम मतदाता आमा बुबा दिदि बहिनि दाजुभाईहरुले स्वीकार गर्दै आउनुभएको र उक्त नेतृत्वले सफल कार्यकाल निर्बाह गरिरहेको परिप्रेक्ष्यमा आगामी दिनमा अझ सशक्त ढंगले सामाजिक काममा लागिपर्ने प्रतिबद्ता जनाउदै आम मतदाताको सहयोग र सल्लाहा बाट सबै क्षेत्रलाई समेटेर समावेशी सहितको संयुक्त समावेशी समूह सहितको उम्मेदवार चयन गरिएकाले अत्याधिक मतले संयुक्त समावेशी समूहको बिजय हुनेमा दुई मत नहुने जनसम्पर्क समिति नेदरल्यान्ड्सका महामन्त्री सालिक गौतमले बताएका छन्।

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको, मतदाता नामावली ,ब्यालेट पेपरहरु प्रिन्ट भैरहेको अवस्था रहेकोले निर्वाचन स्वच्छ र शान्तिपुर्ण ढंगले सम्पन्न हुन गैरहेकोले सम्पुर्ण मतदाताहरुलाई आ-आफ्नो मताधिकार प्रयोग गर्दै असल सक्षम नेतृत्व चयन गर्न निर्वाचन समितिका संयोजक शशि पौडेलले आह्वान गरेका छन्।

करिब ६८९ पंजीकृत मतदाता रहेको नेदरल्यान्ड्समा ३७ जना उम्मेदवार रहेका छन्।स्मरण रहोस यस मध्ये महिला संयोजकमा साझा समावेशी समूहबाट अर्चना पाण्डे निविरोध निर्वाचित भएकी छिन।

नेदरल्याण्डमा अन्तराष्ट्रिय मेलाको तयारी तीव्र, नेपाल पनि सहभागि हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK