एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा र सापकोटाको उम्मेदवारी

ENGLISH

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा र सापकोटाको उम्मेदवारी

द्रोण रिजाल, नेदरल्याण्ड

24 July, 2017 | Sandeep Bhattarai | 990 Views | comments

एनआरएनए नेदरल्याण्ड्सगैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको वर्ष २०१७-१९ कार्यकाल का लागि सातौ अधिवेशन यहि सेप्टेम्बर ३ तारिखका दिन हुनगैरहेको छ ।

प्रवासमा रहेका नेपालीहरुको एउटा महत्वपूर्ण दिन जसले एउटा सबल सक्षम नेतृत्व चुन्ने अवसरको रुपमा लिएका छन् । त्यसै अनुरुप आ-आफ्ना संगठन हरुले आ-आफ्ना उम्मेदवारहरु छान्ने क्रममा जनसम्पर्क समिति नेदरल्याण्ड्सले अध्यक्ष पदमा ठाकुर प्रसाद शर्मा (मनोहरि) र प्रवासी नेपाली मंच नेदरल्याण्ड्सले टिका राम सापकोटालाई उम्मेदवार प्रस्तुत गरेका छन् ।

जनसम्पर्क समिति नेदरल्याण्ड्सले एक अपिल जारी गर्दै सबै समुदायको सम्मानजनक सहभागिता तथा एनआरएनए लाई साझा संथाको रुपमा स्थापित गराउन जन सम्पर्कसमिति उद्यत तथा उदार रहेको भन्दै एनआरएनए को संथागत बिकास तथा यसका भावनाहरुलाई जिवन्त राख्दै साझा सवालहरुमा हातेमालो गरेर नेपाल र नेपाली समुदायको हितमा अगाडी बढ्ने अठोट गर्दै एनआरएनए अभियानमा लामो समय देखि समाजसेवामा समर्पित ठाकुर प्रसाद शर्मा (मनोहरि) लाई अध्यक्ष र आइसीसी पदमा हिमाल गुरुङ लाई समर्थन गरेको जन सम्पर्क समितिले अपिलमा उल्लेख गरेको छ ।

एनआरएनए नेदरल्याण्ड्सत्यसै गरि प्रवासी नेपाली मंचले एक विज्ञप्ति जारी गर्दै अधिवेशन सहमति र एकता को अधिवेशन बन्न सकोस, सह-अस्तित्व, ससम्मान सहभागिताको आधारमा सर्बसम्मत नेतृत्व चयन होस् भन्दै नेदरल्याण्ड्समा रहेका सबै क्षेत्र, संघ संथा बीचको सामुहिक छलफल पश्चात भबिष्यमा साझा अवधारणा र योजना सहितको “समावेशी साझा समूह ” सार्वजनिक हुने प्रतिबद्धता जाहेर गर्दै मंचका पूर्व अध्यक्ष टिकाराम सापकोटालाई वर्ष २०१७-१९ कार्यकाल कालागि गैर आवासीय  नेपाली संघ नेदरल्याण्डसको अध्यक्ष पदमा उम्मेदवार प्रस्तुत गरेका हौ विज्ञप्तिमा भनिएको छ । प्रगतिशील समूहबाट भने आइसीसी पदमा बिक्रम बानिया गरिएको छ ।

गैर आवासीय संघ नेदरल्याण्ड्सले विज्ञप्ति जारी गर्दै नेदरल्याण्ड्सबासी नेपालीहरुलाई जुलाई ३१ तारिख भित्र सदस्यता लिनुहुन र नबिकरण गर्नका लागि समेत अनुरोध गरेको छ।

एनआरएनए नेदरल्याण्ड्सद्वारा विद्यालय भवन बनाउन आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK