एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

ENGLISH

NRN GLOBAL

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

बिजय थापा , युगान्डा । 

18 December, 2018 | Kabiraj Adhikari | 2200 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ । तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा २९ र ३० डिसेम्बरमा हुँदैछ ।

आयोजक एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।

बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने छ । बन्द सत्रमा समेत युगान्डा सरकार र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास तथा नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

गैरआवासीय नेपाली बिज्ञहरुले अफ्रिकाका ठूला बिकास निर्माणका परियोजनाबारे आफ्ना अनुभव समेत बैठकमा प्रस्तुत गर्नेछन् । ‘नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साट्न सकिने विषय माथी छलफल हुनेछ,’ अध्यक्ष भण्डारीले भने ।

त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरुले ट्रान्जिटमा अफ्रिका पुर्‍याइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेलले बताए ।

बैठकमा कायरोस्थित नेपाली दूतावासका राजदूत झबिन्द्र अर्याल, संघका अन्तराष्ट्रिय समिति अध्यक्ष लगाएत पदाधिकारीहरुको उपस्थिति रहने जानकारी संघका पूर्वआईसीसी सदस्य जीबनाथ पंगेनीले जानकारी दिए ।

मूल कार्यक्रमबाहेक नेपाली, युगान्डीयन र अफ्रिकन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने छ । बैठकमा नेपाली साहित्य गोष्ठी पनि आयोजना गरिने छ ।

बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK