एनआरएनए तान्जानियाको अधिवेशन सम्पन्न : थापा अध्यक्ष पदमा निर्वाचित

ENGLISH

NRN GLOBAL

एनआरएनए तान्जानियाको अधिवेशन सम्पन्न : थापा अध्यक्ष पदमा निर्वाचित

5 September, 2017 | Sandeep Bhattarai | 2605 Views | comments

एनआरएनए तान्जानिया

तान्जानियाको दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रोशन थापा ,उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती २ बर्षको लागि चयन गरेको छ l

अन्तरराष्ट्रिय समिती सदस्यमा संजीत थापा तथा महिला संयोजक अन्जली तामांग र युबा सम्योजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ |

उक्त महाधिवेशन विशेष अतिथी र परीवेक्षक शिव प्रसाद अर्याल , तान्जानियाको बिभिन्न शहरहरुमा रहेका नेपालीहरु नेपालबाट अन्तरराष्ट्रिय संघ सस्थाहरु मा काम गर्ने हुने विशिष्ट व्यक्तिहरु को सहभागिता थियो | गैर -आवासीय नेपाली संघ तान्जानियाको स्थापना २०१३ मा भरत रिजालको नेतृत्वमा भएको थियो भने हाल तान्जानियामा लगभग १०० नेपाली कार्यरत रहेका छन |

कार्यक्रमको संचालन सीए सुवासचन्द्र लुइँटेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो | सो कार्यक्रममा तत्कालिन महासचिव पुष्प राज भट्टराईबाट हाल सम्म भएको कार्यक्रमको बिस्तृत बिवरण तथा आय व्ययको बिवरण समेत प्रस्तूत भएको थियो |

अधिबेसन सफल बनाउन र निर्वाचन सम्पन्न गर्न अफ्रीका क्षेत्रीय संयोजक सुनील कार्कीबाट मनोनित पर्यवेक्षक शिव प्रसाद अर्यालको विशेष सहयोग रहेको थियो |निर्वाचन सम्पन्न भएको घोषणा पछि निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो |

नव निर्वाचित अधक्ष्य रोशन थापाज्यु बाट आगामी बर्षको लागि कार्यक्रम प्रस्तूत गर्नुको साथै धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो | सो कार्यक्रममा नेपालमा हालै भएको बाढी पीडितहरुको राहतको लागी सहयोग संकलन गरिएको थियो |

तान्जानियामा अलपत्र परेका पााँच नेपालीको एनआरएनएबाट उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK