एनआरएनए जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै

ENGLISH

NRN GLOBAL

एनआरएनए जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै

23 June, 2016 | Sandeep Bhattarai | 1525 Views | comments

nrna-japan_logo-1-300x300गैर आवासिय नेपाली संघ जापानले भूकम्प राहत कोषबाट जापानवासीको सुझावका आधारमा नेपालमा सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउने भएको छ ।

गैर आवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा बसेको भूकम्प राहत कोष खर्च छलफल अनुसार भूकम्पबाट अति प्रभावित क्षेत्रमा प्राप्त सुझावका आधारमा कुनै एक स्थानमा सुविधा सम्पन्न विद्यालय वा नमुना जापान भिलेज बनाउने निर्णय भयो।

बैठकमा उपस्थित एनआरएन पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो ।यस बाहेक जापानबासी नेपालीहरुले दिने सुझावका आधारमा छिट्टै बस्ने अर्को बैठकबाट जिल्ला र स्थान छनौट गरि विद्यालय वा नमुना जापान भिलेज बनाउने बारेमा ठोस निर्णय गरिने छ ।

एनआरएनको कार्यालयमा बसेको बैठकमा प्लस टु सम्मको विद्यालय सोलार, कम्प्युटर सहितको निर्माणको लागि खर्च पुग्ने अनुमान गरिएको थियो । नमुना जापान भिलेज निर्माणको लागि रकम र घरको बनौट आदिलाई हेरेर खातामा रहेको रकम र अपुग भएमा केही रकम जुटाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।

यसरी निर्माण गरिने विद्यालय भवन वा जापान भिलेजमा सामुदायीक भवन रहने र त्यसमा भूकम्प राहत कोषमा सहयोग गर्ने दाता तथा संघसंस्थाहरुको नाम राख्ने विषयमा समेत बैठकले अर्को बैठकमा हुने निर्णय अनुसार काम गर्ने भएको छ ।

छलफलमा एनआरएनए उपाध्यक्ष भवन भट्ट, एनआरएनए जापानका संरक्षक तथा संस्थापक अध्यक्ष राजन प्रधानान्ग,आइसिसि सदस्य ओम गुरुगं, एनआरएन जापान अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, कोषाध्यक्ष दिपक थापा आइसिसी यवा प्रतिनिधि लेलिन भट्टचन, कार्य समिति सदस्यहरु राम थापा, प्रल्हाद सिंह महत लगायतको सहभागीता रहेको थियो यस्तै छलफलमा नेपाल आदिवासी जनजाति महासंघ, जापानका अध्यक्ष पासाङ शेर्पा, जनसम्पर्क समिति जापानका प्रतिनिधि महामन्त्री राजेन्द्र जमरकट्टेल,लमजुन्ग समाजका उपाध्यक्ष लिल गुरुन्ग,ज्यों सुज़ुकी,केशव थापा,ललित क्षेत्रि,नारायण अर्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

छलफल अनुसार एनआरएन जापानले दिएको भुकम्प राहत कोषमा हालसम्म ५३०१७,०३४ येन संकलन भएको र हाल खातामा २३०१७,०३४ येन मौजात रहेको ।

यो पनि हेर्नुस – जापानमा भीमाको मुटुको शल्यक्रिया हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK