एनआरएनए चुनाव आज : तारे होटेलमा चहलपहल बढ्यो

ENGLISH

SPECIAL

एनआरएनए चुनाव आज : तारे होटेलमा चहलपहल बढ्यो

16 October, 2017 | Sandeep Bhattarai | 2755 Views | comments

एनआरएनएमा त्रिपक्षीय भीडन्त

एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता टुंगो लागेको हो।एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउ“छन्। हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ।

एनआरएनएको अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी घोषणा गरे पनि जमुना गुरुङले यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गरेकी छैनन्। उम्मेदवारी दर्ताको समय सोमबार बिहान ८ बजेसम्म छ। अध्यक्षमा टीबी कार्कीले पनि उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन्। उनले उम्मेदवारी दिए पनि भट्ट र गुरुङबीच द्विपक्षीय प्रतिस्पर्धा हुने विश्वास गरिएको छ।

होटलको अकुपेन्सीमा ५–१० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ ।

दुई वर्षअघि शेष घलेविरुद्ध उम्मेदवारी दिएका कार्कीले थोरै भोट मात्र पाएका थिए। यसपालि पनि उनले धेरै भोट पाउने सम्भावना छैन। उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, चिरञ्जीवी थापा र खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गरेका छन्। अधिकांश पदमा चुनाव हुने अनुमान छ। आइतबार बन्दसत्रले अध्यक्ष शेष घलेले पेस गरेको भिजन २०२० पारित गरेको थियो।

तारे होटेलमा चहलपहल बढ्यो
उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँच देखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८ औं सम्मेलन सुरु भएसँगै उपत्यकाका तारे होटल र रेस्टुराँमा चहलपहल बढेको छ। उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँचदेखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनको आठौं सम्मेलन र पर्यटकीय सिजन सँगै परेकाले होटलमा चहलपहल बढेको नेपाल होटल एसोसिएसनका महासचिव विनायक शाह बताउँछन्।

सम्मेलन चलिरहेको होटल ह्यातमा भने एनआरएनका प्रतिनिधिलाई होटल व्यवस्थापनले ५० वटा रुम दिएको शाहले जानकारी दिए। होटल व्यवस्थापनले एनआरएनका प्रतिनिधिले माग गरेकै जति कोठा दिन सक्ने अवस्था नरहेको उनले बताए। सम्मेलनमा आएका कतिपय एनआरएन प्रतिनिधि साथी आफ्नै घर र नातेदारको घरमा बस्ने गरेको उनले जानकारी दिए।

पर्यटकीय सिजन भएकाले अहिले होटल बुकिङको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि छ। त्यसाा पनि होटल व्यवस्थापनका आफ्नै ग्राहकले होटल भरिभराउजस्तै रहेको शाह बताउँछन्। अहिले उपत्यकाका तारे होटलभन्दा बढी सुविधासम्पन्न रेस्टुराँ तथा भोजनालयमा भीड बढेको उनको भनाइ छ। खाना खाँदै निर्वाचनको खाका तय गर्ने क्रम बढेसँगै होटलमा भन्दा रेस्टुराँ र भोजनालयमा भीड बढेको उनले बताए। तर विगतका वर्षभन्दा पर्यटकीय सिजनमा होटलको बुकिङ भने कम छ। पर्यटकीय सिजनको सुरुवाती चरणमा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचन र फेरि हुन लागेको संघ र प्रदेशको निर्वाचनले पर्यटकको संख्याका कमी आएको शाहको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायीले अपेक्षा गरेअनुसार पर्यटक नआउँदा पनि एनआरएन सम्मेलनका कारण होटलको व्यवसाय सन्तोषजनक रहेको उनको भनाइ छ। त्यसका पनि एनआरएनका प्रतिनिधिको सबैभन्दा बाक्लो उपस्थिति दरबारमार्ग क्षेत्रमा देखिएको छ। साँझपख दरबारमार्गका होटल, रेस्टुराँ तथा भोजनालयमा प्रतिनिधिको भीड बढेको देखिन्छ।

बस्नका लागि होटलका कोठा बुकिङ गरे पनि साथीसँगको भेटघाट र निर्वाचनको रणनीति तय गर्न खाजानास्ताको साथमा रेस्टुराँमा भीडभाड बढेको शाह बताउँछन्। दरबारमार्गकै तारे होटल अन्नपूर्णको कुल अकुपेन्सीको पाँच प्रतिशतभन्दा बढी एनआरएनका प्रतिनिधिकै उपस्थिति छ।

होटलका सहायक बजार प्रबन्धक सुअर्पना शाहीले एनआरएन प्रतिनिधि र विदेशी पर्यटकको बुकिङ राम्रो रहेको बताइन्। होटलमा अहिले आन्तरिक पर्यटकभन्दा विदेशी पर्यटक नै बढी रहेको उनले जानकारी दिइन्। होटलमा रहेको सेमिनार हल पनि पूर्ण रूपमा बुकिङ रहेको शाहीले बताइन्। होटल ह्यात र अन्नपूर्णबाहेक दरबारमार्गआसपसमै रहेका होटेल याक एन्ड यती, र्‍याडिसन र सांग्रिलामा पनि एनआरएनएका प्रतिनिधिको बाक्लै उपस्थिति रहेको संघका महासचिव शाह बताउँछन्। त्यसबाहेकका ललितपुरको हिमालय होटल, सोल्टीमा पनि केही एनआरएनका प्रतिनिधिको बुकिङ रहेको छ।

एनआरएनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने अवस्था आएसँगै भोजनालय र रेस्टुराँमा चाप बढेको उनको भनाइ छ। नयाँ नेतृत्वका लागि तीनजना चुनावी मैदामा उत्रिएका छन्। यसले गर्दा समूहसमूहमा बस्ने र रमाइलो गर्नेको भीड बढेको हो। नयाँ नेतृत्व चयनका लागि ७७ राष्ट्रबाट झन्डै दुई हजारभन्दा बढी एनआरएन प्रतिनिधि अहिले काठमाडौंमा छन्।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एनआरएनए विश्व सम्मेलन : राष्ट्रपतिद्वारा नेपालमा लगानीको उपयुक्त समय रहेको धारणा(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK