एनआरएनए चीनको अध्यक्ष पदमा नबिनले प्रदीप न्यौपानेलाई समर्थन गर्ने

ENGLISH

एनआरएनए चीनको अध्यक्ष पदमा नबिनले प्रदीप न्यौपानेलाई समर्थन गर्ने

अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मा नविन बिक जाने

12 August, 2017 | Sandeep Bhattarai | 1365 Views | comments

संस्थाको लागी नबिनको बलिदान
चीनको अध्यक्षमा प्रदीपको शान

एनआरएनएको विश्व सम्मेलन नजिकदै गर्दा संसार भरका देशमा एनआरएनएको नयाँ  नेतृत्व चयनको लागी ब्यापक चुनावी माहोल बनेको छ। यसै गरी संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा पनि चुनावी माहोल हुनु स्वाभाविक नै हो, त्यसैले आगामी अगस्ट २६ तारिखको दिन चीनको गोनजाउ शहरमा पनि चुनावको मिति तोकिएको छ।
चुनावको मिति भन्दा धेरै पहिला देखिनै अध्यक्ष पदका प्रबल दावेदार तथा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष नबिन बिकले पनि प्रदीप न्यौपानेलाई समर्थन गरेका छन। बिक भन्छन,अहिले संसार भर नै पदकै लागी  झै झगडा,गुट उपगुट बनाएर संस्थालाई नै जीर्ण र शिथिल बनाउने काम भएको छ। त्यसैले हामीले ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको हितको लागी सोच्न र निर्णय लिन सक्नु पर्छ,संस्था स्वच्छ र बलियों भए नै समाजलाई संस्थाले योगदान दिन सक्छ, त्यसैले पदकै लागी भनेर संस्थालाई कमजोर बनाउनु हुदैन, हाम्रो अलिकति बलिदान ले संस्था र समाजलाई फाईदा हुन्छ भने किन नगर्ने ? 
 
हामीले संस्थाबाट लिने भन्दा पनि दिने बानिको बिकास गर्नुपर्छ। बिक संस्थापन कालदेखी एनआरएनएमा लागेका लामो र राम्रो अनुभव  सम्हालेका ब्यक्तित्व हुन , उनले २ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षमा रहेर कामगरी सकेको अनुभव छ र अन्तराष्ट्रीय समुदायमा उनको ब्यापक राम्रो सुढृद संजाल भएको हुदा , भोली संस्थालाई अगाडी बढाउनलाई , संस्थालाई सुढृद बलियो र सक्षम बनाउनलाई राष्ट्रिय र अन्त राष्ट्रिय समितिको बिचमा पुलको भुमिका खेलेर अन्तराष्ट्रिय केन्द्रीय सदस्यको पदमा रही सहयोग गर्न न्यौपाने ले अनुरोध गरेका थिए। न्यौपाने ले बिक ले उठाएका चुनाबका एजेण्डाहरुलाई पनि सम्बोधन गरेर अघि बढ्ने आश्वासन दिए पछि संस्थाको हितको लागी आफ्नो अध्यक्ष पदको दावा छाडी अन्तराष्ट्रीय केन्द्रीय सदस्य जान तयार भएको बताए। जुन पदिय हिसाबले राष्ट्रिय समिति अध्यक्षको पदभन्दा माथी हुन्छ।
 
जित्ने आधार के के हुन?
 नबिन  भन्छन , हामी संस्थाको लागी १ दशक देखी निस्वार्थ भावनाले यही समाजमा लागेका ब्यक्ती हौ, हामीले विदेशी रोजगारको सिलसिलामा आएर अलपत्र परेका , गोनजाउमा आएर बिरामी परेका, प्रवेश आज्ञा भन्दा ज्यादा म्याद नाघेका लगाएत नेपालीहरुलाई धेरै सहयोग गरेका छौ, नेपालको वृद्धा आश्रम , विद्यालय तथा भूकम्प पीडितहरुलाई समेत राहत प्रदान गरेको राम्रो अनुभव छ, सबै भन्दा मुख्यकुरा गोन्जाउका ८०% प्रतिशत जनसमुदायले पूर्ण रुपमा हामीलाई नै समर्थन दिएको अवस्था छ, भुपु अध्यक्षहरु  ,सल्लाहकार र पुराना कार्यसमिति तथा वर्तमान कार्यसमितिका सम्पुर्ण साथीहरुले नै प्रदीप न्यौपानेको समर्थन गरेका छन, प्रदीप न्यौपाने भनेको आजको चीनको नेपाली समुदायको आवाज हुन। त्यसैले पनि हामीले जित्नेमा हामी विश्वस्त छौ किनकी जहाँ पनि सत्यकै जित हुन्छ ।
 
 को हुन प्रदीप न्यौपाने ?
 
नुवाकोटमा जन्मिएका प्रदीप अहिले काठमाडौका पनि स्थायी बासिन्दा  हुन र ब्यापारको शिलशिलामा १५ बर्ष पहिला चीनको गोनजाउ आई पुगेका हुन।उनले तयारी पोशाक, जुत्ता, भवन सामग्री फर्निचर लगायतका सामानहरु नेपाल भारत लगायत बिभिन्न देशमा निर्यात गर्छन । उनले २००९ देखि कार्यकारी सदस्यमा  बसि संस्थामा सेवा दिन सुरु  गरेका थिए l  सचिव जस्तो गरिमामय पदमा बसेर दुई कार्यकाल संस्था चलाएको गतिलो अनुभव उनीसंग छ। उनले नेपाल देखि चीनको बिभिन्न क्षेत्रमा  पनि व्यक्तिगत वा संस्थागत रुपमा पनि धेरै समाज सेवा गरेका छन । 
 
आज भन्दा दुई वर्ष पहिला नेपालमा गएको महाबिनाशक भुकम्पको बेलामा चीनले १.५ करोड सहयोग गरेको थियो जसमध्यो ५४ लाख रुपैया प्रदीपले मात्रै फुजीयन प्रान्तबाट उठाएका थिए । न्यौपाने स्वच्छ छबि, सबै संग मिल्न सक्ने र सहयोगको भावनाले ओतप्रोत भएका व्यक्तित्व भएका युवाको रुपमा चीनमा परिचित छन ।
    
अन्त्यमा नबिन बिक ले हाम्रालाई भन्दा राम्रा लाई संस्थामा ल्याउन लागेको मुहिमलाई पुर्ण सहयोगको लागिआफ्ना समर्थक तथा सम्पुर्ण चीनबासि जनसमुदाय मा अनुरोध तथा प्रदीप न्यौपानेलाई अध्यक्ष पदको लागी र आफुलाई आईसीसीमा सबैले भोट हाली आफ्नो पुरा समुहलाई नै अत्यधिक बहुमतले बिजय गराउन अनुरोध गरेका छन ।

एनआरएनए चीनको अध्यक्ष पदमा नबिन विकको उम्मेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK