एनआरएनए क्यानडा नेपाली भाषा साहित्यको बिस्तारमा

ENGLISH

एनआरएनए क्यानडा नेपाली भाषा साहित्यको बिस्तारमा

30 March, 2016 | Sandeep Bhattarai | 820 Views | comments

title-logoयही मार्च २७, २०१६ का दिन गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाका केन्द्रिय उपाध्यक्ष एवंम भाषा साहित्य तथा प्रकाशन विभाग प्रमुख सुरेन उप्रेतीको संयोजकत्वमा हाल २० सदस्य रहेको भाषा साहित्य तथा प्रकाशन समिति गठन भै पहिलो बैठक सम्पन्न भयो।

क्यानडाका नेपालीहरुको बसोवास भएका बिभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व हुने, नेपाली भाषा र साहित्यको विकाश तथा प्रवर्धनमा जोड दिने, प्रदेशहरुमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रही नेपाली भाषा र साहित्यको विकाशमा योगदान पुर्याउदै आएका साहित्यकारहरु, नेपाली कक्षा संयोजक तथा शिक्षाविद्हरुको संलग्नता रहेको यस समितिले बिभिन्न संघ संस्थाहरुसँग एकाकार भर्इ नेपाली भाषा र साहित्यको विकाशमा पहल गर्ने नीति रहेको छ ।

हाल क्यानडाका विभिन्न स्थानहरु क्यालगरी पूर्व र क्यालगरी पश्चिम, विनिपेग मन्ट्रियल, गोयल्फ अन्टारियो, टोरन्टो ब्राम्टन, मन्ट्रियल रेजाइना सास्काच्यून अटवा गरी २२ वटा नेपाली भाषा कक्षाहरु संचालन भैरहेका छन । यी नेपाली भाषाका कक्षाहरुमा हरेक हप्तान्तमा एक दिन नेापली भाषाको पढाइ हुँदै आएको छ ।यसरी क्यानडाका बिभिन्न भूभागमा छरिएर रहे पनि नेपाली भाषा कला साहित्य र संस्कृतिलार्इ भावी पुस्ताहरु सम्म निरन्तरता दिन सरल र सहज ढंगले पहुँच पुर्याउनका लागि संचालित यी नेपाली भाषाका कक्षाहरु पाठ्यक्रम र पाठ्य पुस्तकको अभावमा बिभिन्न अप्ठ्यारा परिस्थितिहरुमा गुज्रनु परिरहेको अवस्था छ ।

अब यस समितिद्वारा तयार गरिने पाठ्यक्रम र पाठ्य पुस्तकले क्यानडाका माथि उल्लेखित स्थानका भाषा कक्षा तथा नयाँ खुल्ने भाषा कक्षाहरुलार्इ पठन पाठनमा सहयोग पुर्याउने छ । सुरेन उप्रेतीको संयोजकत्वमा बनेको यस समितिमा विनिपेगिबाट डा पुरुषोत्तम राज सिहं र डा होम गड्तौला, एडमन्टनबाट यम घिमिरे र डा भरत श्रेष्ठ, क्यालगरीबाट शमा उपाध्याय, ऋषी बस्ताकोटी, ज्ञानेन्द्र श्रेष्ठ र कुशुम ज्ञवाली त्यस्तै गरी टोरन्टोबाट डा गोबिन्दसिं रावत, मुक्ती गौतम र रमेश थापा,मिसिसागा तथा ब्रामटनबाट गोपी काफ्ले र डा नारायण रेग्मी ,मन्ट्रियल क्यूवेकबाट यूवराज भण्डारी,अटवाबाट शालिग्राम अर्याल, कमल कोइराला, भानुभक्त आचार्य, डा जयराम सिंखडा र योगेन्द्र भट्टराई रहनु भएको छ।

भिडियो कन्फ्रेन्स कल गरी सम्पन्न उक्त बैठकमा भानुभक्त आचार्य, शमा उपाध्याय, ऋषी बस्ताकोटी, डा पुरुषोत्तम राज सिहं, डा भरत श्रेष्ठ, यूवराज भण्डारी, कमल कोइराला, सुरेन उप्रेती ले आआफ्नो ठाउँमा रहेका नेपाली कक्षाहरुको जानकारी गराउनुका साथै भाषा पढाउँदा आइपर्ने असहज परिस्थिति  तथा विभिन्न थरिका चुनौतीहरुको चर्चा गरेका थिए । सहभागीहरुको अनुभव आदान प्रदान पश्चात पाठ्यक्रमको मस्यौदा माथि छलफल भएको थियो । अन्तर्रष्ट्रिय नेपाली साहित्य समाज क्यानडा, अटोवाको नेपाली संगठन र एनआरएन क्यानडाको संलग्नतामा तयार उक्त मस्यौदा माथि अध्ययन गरी आगामी अप्रिल १५, २०१६ भित्रमा सबैले राय सुझाव प्रस्तुत गर्ने र पाठ्यक्रमलार्इ पूर्णता दिइ तदनुसार पुस्तक लेखन कार्य शुरु गर्ने निेर्णय गरिएको छ !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK