एनआरएनए कुवेतको अध्यक्षमा तामाङ

ENGLISH

एनआरएनए कुवेतको अध्यक्षमा तामाङ

कुवेत

13 August, 2017 | Sandeep Bhattarai | 1045 Views | comments

एनआरएनए कुवेतएनआरएनए कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी आईसीसी संयोजकमा अमित राई, महासचिवमा हरि लावती, सचिवमा उमेश फुयाल, कोषाध्यक्षमा हर्क मोक्तान र युवा संयोजकमा गणेश रावत पनि निर्विरोध चुनिएका छन् ।

एनआरएनए कुवेतको आउँदो शुक्रबार पाँचौं राष्ट्रिय महाधिवेशन हुँदैछ । नयाँ कार्यसमितिका लागि मनोयन दर्ताको अन्तिम सूची प्रकाशित भइसकेको छ ।निर्वाचन समितिले दिएको जानकारी अनुसार ३२ जनाले उमेद्वारी दर्ता गराएका मध्ये महिला संयोजकमा उमेद्वारी दर्ता गराएकी मधु मगरले आफ्नो उमेद्वारी फिर्ता लिएकी छन् ।

तीन उपाध्यक्ष पदका लागि अमृत बहादुर गुरुङ, सुमित्रा देवी पौडेल, बिष्णु परियार, अनिल लामा र राजु कार्कीसहित ५ जनाले उमेद्वारी दिएका छन् ।एक जना महिला संयोजक पदको लागि तिन जनाको उमेद्वारी परेको थियो । तर, मधु मगरले उमेद्वारी फिर्ता लिएपछि अब योगिना राई र सुष्मिता लिम्बु दुई जना भिड्नेछन् ।

सदस्य पदका लागि रमेश कुमार राई, अक्कल माया सुनुवार, उत्तर कुमारी सुनुवार, अमृता बान्तवा, बुद्धिमान तामाङ, सुवास श्रेष्ठ, गोविन्द न्यौपाने, गिता गुरुङ, मुकुन्द कार्की, रेशम विक, शिव कुमार श्रेष्ठ, रमिता तामाङ, निमा ग्याल्बो लामा तामाङ, श्याम कुमार लामा, सुन्दर गिरी, कुमार पुरी, राम्जी गुरुङ र सुनिता ताम्राकारको उमेद्वारी परेको छ ।

यसपटकको एनआरएनए कुवेतको उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशित भएसँगै तीन उपाध्यक्ष र एक महिला संयोजक पद बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष र महिला संयोजकका लागि आन्तरिक सहमतिको लागि पहल शुरु भएको बुझिएको छ । निर्वाचन समितिले नयाँ कार्यसमितिको तिन उपाध्यक्ष र महिला संयोजकको टुंगो लागेपछि अधिवेशन कै दिन आधिकारिक घोषणा गर्ने छ ।

एनआरएनए कुवेतद्वारा चापागाईं र विश्वकर्मालाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK