एनआरएनए कुवेतका अध्यक्ष तामाङद्वारा राजीनामा

ENGLISH

NRN GLOBAL

एनआरएनए कुवेतका अध्यक्ष तामाङद्वारा राजीनामा

नैतिक जिम्मेवारी लिन्छु : तामाङ

22 February, 2018 | Kabi Adhikari | 2055 Views | comments

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो ।

घटनामा आफ्नो गल्ती भएको भन्दै तामाङले पदबाट राजीनामा दिएका छन् । घटनाको आफूले नैतिक जिम्मेवारी लिने तामाङले बताए । कुवेतस्थित नेपाली समाजका अगुवाले न्यौपाने र तामाङ पक्षवीच मंगलबार नेपाली दूतावासमा सहमति गराएका छन् । नेपाली समुदायको अनुरोधअनुसार मिलापत्र गरेको अध्यक्ष न्यौपानेले बताए ।

कुवेतमा घरेलु महिला कामदार ल्याउने धन्दा गरी बसेका सिन्धुपाल्चोकका तामाङले सन २०१५ देखि एनआरएनएको नेतृत्व गर्दै आएका छन् । कुवेतले घरेलु कामदार आपूर्ति कार्यलाई वैधता दिएपनि नेपालमा भने यो अवैध मानिन्छ ।

तामाङको आक्रमणबाट न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको थियो । घटनास्थलमा अन्य व्यक्तिहरु पनि उपस्थित भएकाले थप अप्रिय घटना हुन पाएन । न्यौपाने कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका छन् । -आजको कान्तिपुर दैनिकमा खबर छ ।

एनआरएनए कुवेतको अध्यक्षमा तामाङ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK