एनआरएनए कान्साईको न्यू ईयर म्यूजिकल च्यारिटी नाइट सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए कान्साईको न्यू ईयर म्यूजिकल च्यारिटी नाइट सम्पन्न

कोमल वलीसंग झुम्यो ओसाका

5 January, 2017 | Sandeep Bhattarai | 995 Views | comments

 न्यू ईयर म्यूजिकल च्यारिटी नाइट

अंग्रेजी नयाँ बर्षको अबसर पारी एनआरएनए कान्साईले जनवरी १ तारिकमा ओसाकाको हिल्टन होटलमा ‘न्यू ईयर म्यूजिकल च्यारिटी नाइट’ सम्पन्न गरेको छ ।

नेपालका चर्चित कलाकारहरूको सहभागितामा भएको कार्यक्रम पूर्ण मनोरंजनात्मक रहयो । चर्चित गायिका कोमल वलीको प्रस्तुति सुरू भए लगत्तै नाच्दै झुमेका ओसाकावासीहरू कार्यक्रमको समापनसम्म सहभागी थिए ।

कोमल वलीसंगै लोक गायक राजु परियारको प्रस्तुतिमा कम्मर मर्काउदै भाका हाल्दै रमाएका थिए भने नेपालको समसामायिक राजनीतिमाथी व्यगं गरेका हास्य कलाकार ज्योति काफ्ले (नक्कलि बावुराम)ले हसाउनु हसाएका थिए। भने गायक तथा संगीतकार जयकुमार परियारको प्रस्तुतिमा सहभागिहरू अधिकांशले नाच्दै भाका हाल्दै गीत गाएका थिए।

बागलुंग स्थित धौलागिरि अंचल कै एकमात्र अञ्चल अस्पातलको लागि छिटो छरितो र वैज्ञानिक प्रविधिबाट बिरामी जाँच गर्नको लागि पूर्णतया अटोमेटेड अनलाइजर मेसिन र स्वास्थ्य सामग्रीको सहयोगार्थ साथमा भूकम्प प्रभावित क्षेत्रको शैक्षिक पुर्वाधार निर्माणको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको थियो।

एनआरएनए कान्साईका निवर्तमान संयोजक नरेंद्र बस्नेत (दिनेश) ले संयोजन गर्नु भएको कार्यक्रमको प्रमुख अतिथी एनआरएन आइसिसि सदस्य तुल्सिराम खरेल हुनुहुन्थ्यो । प्रेमप्रसाद कंडेल लगयत कार्यसमितिको आर्थिक ब्यबस्थापनमा सन्चालन गरिएको संगीतिक धमाका सम्पूर्ण सदस्यहरु र सांगीतिक च्यारिटी नाइट आयोजक समितिको सकृयतामा भब्य र उत्कृष्ट बनेको थियो । अनुप पौडेल र पुरुशोत्तम लामिछनेले सन्चालन गर्नु भएको सो कार्यक्रममा आयोजक ले प्रायोजकहरुलाई सम्मान पत्र र कलाकार हरुलाई मायाको चिनो बितरन गरेको थियो ।

एयु मोबाइल इभेन्ट पार्टनर रहेको कार्यक्रममा एयु मोबाइलले नयाँ बर्षको दिन भएकोले उपस्थित सबैलाई निशुल्क नेपाल फोन गर्ने सुबिधा प्रदान गर्नुको साथै उपस्थित सम्पूर्णलाइ दश हजार येनसम्मको कुपनको व्यवस्था गरिएको थियो ।

 न्यू ईयर म्यूजिकल च्यारिटी नाइट

कार्यक्रमको सभापतित्व एनआरएनए कान्साईका संयोजक टिकारम कंडेलले गर्नु भएको थियो भने कार्यक्रममा स्थानिय कलाकारहरूको समेत वेजोड प्रस्तुति प्रर्दशन गरेका थिए।

जापानको सर्वोच्च शिखर चुम्दै नेपाल भ्रमण र नेपाल फेस्टिवलको निम्तो दिए कान्साईका युवाहरुले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK