एनआरएनए कान्साइले तीज मनायो

ENGLISH

NRN GLOBAL

एनआरएनए कान्साइले तीज मनायो

17 September, 2015 | Sandeep Bhattarai | 790 Views | comments

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज कार्यक्रम ओसाकामा भव्यताका साथ सम्पन्न भएको छ। एनआरएनए कान्साइले ओसाका,कोबे,नारा र क्योटो क्षेत्रका महिलाहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको हो।

ka

ओसाकाको मिनातो कुमिन सेन्टरमा आयोजना गरिएको कार्यक्रममा दर खुवाउनुको साथै तीज सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालबाट आएकी गायीका जमुना सनमले लोक तथा दोहोरी गीत गाएर सहभागीहरुलाई नचाएकी थिइन्।

नेपाली महिलाहरुको उल्लेखनीय सहभागीता भएको कार्यक्रममा नेपाली चेलीहरूले माइतीको झझल्को मेटाएका थिए। तीजको अवसर पारेर कार्यक्रममा दिपश्री क्रिएटिभ मिडिया, कालीमाटीले ३ जना भाग्यशाली महिलालाई सम्मान स्वरुप तीज विशेष उपहार वितरण गरेको थियो।कार्यक्रममा भर्खरै सम्पन्न एनआरएनe जापानको निर्बाचन बाट अत्यधिक बहुमतले जापानको तर्फबाट आइ.सी.सी सदस्यमा निर्बाचित हुने ओसाका निवासी तुलसी राम खरेललाई एनआरएनए कान्साईले बधाईका साथै सम्मान पनि गरेको थियो |

महिलाहरुको लागि नि:शुल्क गरिएको कार्यक्रममा कान्साई बासी नेपाली समुदायलाई लक्षित गर्दै आरिक्स कम्पनीको सहयोगमा कम्पनीका पदाधिकारीहरुको उपस्थितिमा काम सम्बन्धि जानकारी(अरुबाइतो) को जानकारी पनि गराईएको थियो |

ka1

पुरुषोत्तम लामिछाने र रन्जु लामिछाने को संचालन रहेको कार्यक्रममा एनआरएन कान्साइका संयोजक टिकाराम कंडेल ले स्वागत मन्तब्य दिनु भएको थियो भने निवर्तमान संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले कार्यक्रमको संयोजन गर्नु भएको थियो|

कार्यक्रमलाई सफल बनाउन योगदान दिने कार्यसमितिका साथीहरु,सहयोगी दाताहरु नेपाल बाट आमन्त्रित गायिका जमुना सनम को साथमा स्थानीय कलाकारहरु र उपस्थित सबै प्रति एनआरएनए कान्साई कृतज्ञ हुनु को साथै धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अमुल्य सल्लाह सहयोग र मार्ग निर्देशनको आशा राखेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK