एनआरएनए कतारमा नविन

ENGLISH

एनआरएनए कतारमा नविन

3 September, 2017 | Sandeep Bhattarai | 685 Views | comments

एनआरएनए कतार

गैरआवासीय नेपाली संघ, कतारको अध्यक्षमा नगेन्द्र (नविन) प्रसाद पोखरेल विजयी भएको छ ।

काँग्रेस, माओवादी र जनजातीका गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका पोखरेलले एमाले–मधेसवादी दलका उम्मेदवार मो.मुख्तदा मुसलमानलाई ७७ मतको अन्तरले हराएको हो । पोखरेलले ८ सय ५९ र मुसलमानले ७ सय ८२ मत पाएका थिए । दुवै जना ब्यवसायी हुन् ।

निर्वाचन अधिकृत कमलमणी गुरागाईका अनुसार कतारबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा बिमल सुवेदी र कुमार कार्की विजयी भएका छन् । सुवेदीले लोकप्रिय ९ सय १४ मत पाएका थिए ।

प्रथम उपाध्यक्ष तेज कटुवाल, द्धितीय उपाध्यक्ष सुर्दशन भट्ट, तृतीय उपाध्यक्ष केशब ढकाल र महासचिव बुधवल गुरुङ विजयी भएका छन् । तृतिय उपाध्यक्षमा देवकी केशी गुरुङले ९०२ मत ल्याए पनि निर्वाचन हुनु अघिल्लो दिन आफ्नो उम्मेदवारी फिर्ता लिएपछि केशब विजयी भएको गुरागाईले वताए । केशबले देवकीभन्दा दुईसय मत कम ल्याएका थिए ।

सचिवमा रामजी खत्री र युवराज शर्मा र सहकोषाध्यक्षममा खगबहादुर (यासिन मामा) खत्री विजयी भएका छन् । खुल्ला सदस्यमा चिरन्जीवी तिम्सीना, टंककुमार खड्का, विजयराज अधिकारी, विनोदप्रसाद वस्यौला, रुद्रप्रसाद आर्चाय र रेशमबहादुर वस्नेत विजयी भएका छन् ।

प्रदेश नम्वर एकमा अरुणकुमार केशी, प्रदेश नम्बर २ रामकुमार मण्डल, प्रदेश नम्बर ३ मा नारायण विष्ट, प्रदेश नम्बर ४ मा आशबहादुर गुरुङ, प्रदेश नम्वर ५ मा बुद्ध पाण्डे विजयी भएको छ ।

लेखा समिति संयोजकमा रामप्रसाद गौतम, सदस्य वुद्धिप्रसाद भण्डारी र शिवप्रसाद वास्तोला, अनुशासन तथा अनुगमन समितिको संयोजक नन्दप्रसाद ढुंगाना सदस्य सीताराम थापा र शिवराज भट्टराई विजयी भएको छ ।

यसअघि कोषाध्यक्ष उत्तम गुरुङ, महिला संयोजक सरिता गुरुङ, युवा संयोजक लोकमाया (माया) क्षेत्री र महिला सदस्य सपना पुन, प्रदेश ६ मा वसन्त कुवर र प्रदेश ७ मा नरेशप्रसाद जैशी, मुस्लिम सदस्यमा शेख अब्दुल खालिक, मोहम्मद उज्जेर, आदीवासी जनजातीमा श्यामकुमार लिम्वु र रामबाबु मण्डल, दलितमा भिम सुनार र छविलाल सुचिकार र तराई मधेसमा वली ठाकुर र विश्वनाथ ठाकुर हजाम निविरोध चयन भइसकेका थिए ।

कान्तिपुरबाट

गैरआवासीय नेपाली संघ एनआरएनए कतारमा कडा प्रतिस्पर्धा हुदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK