एनआरएनए कतारद्वारा युवा जागरण

ENGLISH

NRN GLOBAL

एनआरएनए कतारद्वारा युवा जागरण

12 April, 2018 | Kabiraj Adhikari | 3495 Views | comments

गैरआवासीय नेपाली संघ, कतारले नयाँ पुस्तालाई गैरआवासीय नेपालीको अभियानमा आर्कषित गर्ने प्रयत्न गरेको छ ।

nrna-quatar

एनआरएनएद्धारा दोहामा आयोजित ‘जागरण र सशक्तिकरण’ विषयक सेमिनारमा गैरआवासीय नेपाली अभियान्ताहरुले प्रवासका रहेका नेपालीका सवाललाई उठाउन र मुलुकको हितको लागि काम गर्न सफल भइरहेको वताए।

एनआरएनए कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न सेमिनारमा पहिलो पुस्ताका अभियान्ताहरु कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांक सहित प्रकाश पारेका थिए।

सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनहरुमा आइसीसी मानार्थ परिषद सदस्य बिल गुरुङ, एनसीसी सल्लाहकार तथा पूर्व महासचिव क्रान्ति सिंह र शनिकुमार ओलीले समालोचना गरेका थिए।

सहभागीहरु मध्ये अधिकांशले युवा विभागको यो नौलो र उपलब्धिमुलक कार्यक्रम भएको र यस्ता कार्यक्रमहरु बेला बेलामा आयोजना गर्न पनि सुझाव राखेका थिए।

अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउँदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा. राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए।आईसीसी सदस्य बिमल सुवेदी र आईसीसी मानार्थ परिषद सदस्य नरेन्ऽ भाटले शुभकामना मन्तव्य राखेका थिए। – कान्तिपुर दैनिकबाट ।

एनआरएनए कतारको शुभकामना आदानप्रदान कार्येक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK