एनआरएनए कतारको सचिवमा दिल कुमार श्रेष्ठको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

एनआरएनए कतारको सचिवमा दिल कुमार श्रेष्ठको उम्मेदवारी

17 July, 2017 | Bipin Acharya | 635 Views | comments

गैरआवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा दिल कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठाना घर भइ हाल कतारमा कार्यरत श्रेष्ठले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
लामो समय देखि सामाजिक तथा संचार क्षेत्रमा आवद्ध श्रेष्ठ कतारमा रहेका नेपालीको समयस्या, दुःख, पीडा तथा खुसी अनि सफलताका कथाहरुमा सक्रिय रहेर कलम चलाएका छन् ।

उनले भनेका छन् ‘गैरआवासिय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा मेरो उम्मेद्धवारी
नाम दिल कुमार श्रेष्ठ
ठेगानाः फलेवास नगरपालिका ( २, थापाठाना पर्वत ।

हाल -दोहा कतार आदरणिय परिषद् सदस्यज्यूहरु, गैर आवासिय नेपाली संघ कतार च्याप्टर ।

सर्बप्रथम त यस गरिमामय संस्थाको बर्ष २०१७ –२०१९ को लागि परिषद् सदस्य हुनु यहाँलाई भएकोमा मुरी मुरी बधाइ दिदै गैरआवासीय नेपाली संघ कतार च्याप्टरको आसन्न सातौ महाधिवेशनमार्फत चयन हुने कार्यसमितिको सचिव पदमा मैले आफ्नो उम्मेद्धवारी दर्ता गराउने जानकारी गराउन चाहान्छु ।

गैरआवासीय नेपाली संघ आज नेपालीहरुको विश्वव्यापी संगठन सहित स्थापित भइरहेको परिवेसमा हामी बैदेशिक रोजगारीको क्रममा प्रवासमा रहेका समस्त नेपालीहरुका तत्कालिन तथा दिर्घकालिन समस्याहरु एवं सुरक्षित तथा समुन्न्त भविष्यका विषयहरुलाइ एन आर एन अभियानमा समेटिनु पर्दछ ।

यति मात्र होइन बेला बेलामा विभिन्न कोणबाट आलोचना खेपिरहेको संस्थालाइ सुधार गर्दै सबै तहका गैरआवासियहरुको नितान्त सामाजिक छाता संस्थाको रुपमा विकास गर्दै लानु अर्को चुनौति छ । यि सबै गहन विषयहरुलाई निणर्य र कार्यान्वयनको तहसम्म पुर्याउन संस्थाको गरिमालाई उच्च राख्दै राष्ट्रिय समन्न्वय परिषदको तहदेखि नै उपयुक्त पहल गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।

हामी तमाम मध्यपूर्वमा कार्यरत गैरआवासीयहरुका यी आवाजलाइ उठाउनको लागि आफू पनि क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरी मैले यो उम्मेद्धवारी दर्ता गरेको छु । साथै एक जिम्मेबार पार्षदको रुपमा संस्थालाई केहि न केहि योगदान दिनु आफ्नो दायित्व समेत सम्झेको छु र जुन मैले सचिबको जिम्मेबारी बाट नै दिने प्रयास गर्नेछु।

पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्ने गरेको म विगतमा विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेको छु ,साथै राष्ट्रिय समन्न्वय परिषद्का अधिकांश कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेकोले पनि यो जिम्मेवारी समेत बहन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढेको छु ।

सकरात्मक सोच, दायित्वबोध, अनुशासित तथा निष्पक्ष कार्य सम्पादन जस्ता कुराहरु संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दे भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेराबाट माथि उठेर नितान्त सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धताका साथ यहाँहरुको पूर्ण सहयोगको लागि विनम्र अनुरोध गर्दछु । आशा छ यस गरिमामय संस्थाको परिषद सदस्यका हैसियतले यहाँले आफ्नो अमूल्य मतको सहि प्रयोग गर्दै मलाइ विजयी बनाउनुहुनेछ ।’

दिल कुमार श्रेष्ठ
निवर्तमान महासचिव
पर्वत युवा सेवा समाज कतार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK