एनआरएनए एशिया प्रशान्त क्षेत्रद्वारा चोभारमा बृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

ENGLISH

एनआरएनए एशिया प्रशान्त क्षेत्रद्वारा चोभारमा बृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

18 June, 2016 | Sandeep Bhattarai | 1365 Views | comments

गैरआवासीय नेपाली संघ एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसर पारेर शनिबार बिहान आदिनाथ सामुदायिक वन चोभारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम एनआरएनए जापानका महासचिव अनुज थापाले संचालन गर्नु भएको थियो ।

br

गृहमन्त्री शक्तिबहादुर बस्नेतको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासाशी ओगावा, एनआरएनएका उपाध्यक्ष भवन भट्ट, राष्ट्रपतिका सल्लाहकार डा. मदन कुमार भट्टराई, एनआरएनएका महासचिव डा बद्रि केसी, सांसद राजेन्द्र केसी, लगायत गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, जापानबाट आउनु भएका एनआरएनए नेपालीहरु, विभिन्न संघसंस्थाहरु र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

br1

उक्त अवसरमा अतिथिहरुले निर्माणाधीन मञ्जुश्री शालिकको अवलोकन गर्नुका साथै बृक्षारोपणमा सहभागी भएका थिए । उक्त कार्यक्रममा धुपी, सल्लो, काइँयो, कटुस लगायत रुख रोपिएको छ । कार्यक्रममा गृहमन्त्री बस्नेतले बृक्षारोपण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त अवसरमा स्वागत मन्तब्य राख्दै एनआरएनएका महासचिव डा बद्रि केसीले यस किसिमको कार्यले गैर आवसीय संघमा नयाँ उर्जा थप्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

br2

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी तापक्रम वृद्धि न्यूनीकरण गर्न बृक्षारोपणको महत्व छ भन्नुभयो । त्यस्तै सांसद केसीले बृक्षा रोपणबाट प्राप्त हुने हरियालीले स्वच्छ र स्वस्थ्य वातावरण सिर्जना गर्ने तथा पर्यटकीय विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

br3

राष्ट्रपतिका सल्लाहकार भट्टराईले अब नेपालका राजनीतिकर्मीले भविष्यलाई हेरेर नीति नियमका कार्य गर्नु पर्ने भन्दै नेपालको सम्वृद्धि र विकासको लागि मिहिनेत गर्नु पर्ने बेला आएको बताउनु भयो । त्यस्तै एनआरएनए उपध्यक्ष भवन भट्टले एनआरएनले विभिन्न कार्यक्रम गर्दै आएको र यो कार्य सहरानिया भएको भन्दै यो एसिया प्रशान्तको काम अभूतपूर्व र ऎतिहासिक भएको जानकारी दिनु भयो ।

br4

कार्यक्रमको अन्तमा समापन मन्तब्य राख्दै एनआरएनए एसिया प्रशान्तका राष्ट्रिय संयोजक किरणविक्रम थापाले आफ्नो संस्थाले विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।

br5

br6

br7

यो पनि हेर्नुस – संघीयताले देश नटुक्राउने : प्रा. डा. डेभिड गेल्नर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK