एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितीलाई सपथ ग्रहण सम्पन्न

ENGLISH

एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितीलाई सपथ ग्रहण सम्पन्न

एमपि पोखरेल महेन्द्र, दोहा कतार

8 September, 2017 | Sandeep Bhattarai | 905 Views | comments

पद तथा गोपनियताको सपथ तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न कोहि रुष्ट कोहि खुशी

एनआरएनए एनसिसि कतारदोहा कतारमा भर्खरै सम्पन्न एनआरएनए एनसिसि कतारको निर्वाचन पश्चात निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुबाट मन्तब्य तथा शुभकामना समेत ब्यक्त भए । कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा स्थापना कालका अभियन्ताहरुले आफ्नाृ निरासाहरु पनि ब्यक्त गरे।सपथग्रहण गराउँदै निर्बाचनन कमिटीका संयोजक कमलमणि गुरागाँईले सपथ शब्दमा नभई व्यवहारमा लागु गर्न अनुरोध समेत गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थीत बिभिन्न ब्याक्तीत्वहरुले मन्तब्य तथा शुभकामना ब्यक्त गरेका थिए ।संरक्षक देबकाजि डँगोलले प्यानलबाजि गरेको कुराहरुमा दुखेसो पोखे।पूर्व आईसिसी उपाध्यक्ष टिबी कार्कीले पूर्वाग्रही भाबनाले उत्प्रेरीत भएर निवर्तमान कार्यसमितीले काम गरेको औँल्याए भने वर्तमान कार्यसमितीले त्यस्तो गल्ति गर्ने छैन भन्दै शुभ कामना दिए ।

समाजसेवी तथा सामाजिक अगुवा सागर नेपालले दोहा कतारमा रहेर समाजसेवी हुँ भन्नेहरुले अबका दिनमा सचेत रहन र समाजको हितका लागी बास्तवमै योगदान गर्ने हो र गरेको हो भने मात्रै समाजसेवीको बिल्ला भिर्नु पर्ने भन्दै अबका दिनहरुमा आफुले समाजमा खबरदारी गर्ने उल्लेख गरे । स्पष्ट बक्ता नेपालले आफुले खादा ओडिरहँदा त्यस्को न्याय कत्तिको गरेको छु मूल्याङकन समेत गर्नुपर्ने औल्याए ।

उन्ले उद्देश्य बिनाको सँस्था र नैतिकता बिनाको समाजसेवी हुनुभन्दा नभएको उत्तम भन्दै नवनिर्वाचित कार्यसमितीलाई शुभकामना र सुझाबहरु दिए ।त्यस्तै पूर्व आईसिसि सदस्य तथा व्यवसायी उमेश अधिकारीले आफ्नो भावना र चाहना अनुरुप काम भएन भन्दैमा समग्र सँस्था या समाजलाई दोष दिन नहुने भन्दै यदि आफू योगदान दिन सकिदैन भने वा योगदान गर्न नसक्नेलाई आदर भाब राखिराख्नु जरुरी नहुने बताए ।

एक आपसमा बाझिएको अभिब्यक्ती र शुभकामना मिश्रीत मन्तब्यहरुका बिच निर्वाचन कमिटी संयोजक कमलमणि गुरागाँईले समाजका दुबै खराब र असल पाटाहरु बारे ब्याख्या गरे ।कार्यक्रममा सामाजिक अभियन्ता व्यवसायी बद्रि पाण्डेले समाजमा अबका दिनमा रचनात्मक कार्य गरेर अगाडी बढ्न सुझाब दिए ।

त्यस्तै व्यवसायी तथा आईसिसि सदस्य राजेन्द्र कुमार शर्माले समाजमा केहि योगदान गर्नु पर्ने भन्दै नयाँ कमिटीलाई सुझाब र शुभकामना दिए ।निवर्तमान अध्यक्ष बिनेश तामामान अध्यक्ष बिनेश तामाङको सभापत्तिवमा आयोजित उक्त कार्यक्रमलाई निबर्तमान कार्यबाहक महासचिब तेज कटुवालले संचालन गरेका थिए ।

कार्यक्रममा निवर्तमान कार्यसमितले आफ्नो सम्पुर्ण फाईल कागजात तथा बिरण हरहिसाब सोहि कार्यक्रममा हस्तान्तरण गरेको थियो ।वर्तमान अध्यक्ष नबिन पोखरेलले आफ्नो प्रतिबद्दता मन्तब्य ब्यक्त गर्दै आगामी कार्यकालमा सबैलाई समेटेर अगाडी बड्ने बताउँदै केहि कमि कमजोरी भएमा समाजिक संजालमा खनिनु भन्दा सिधा सम्पर्क गरेर आफ्ना भनाई राख्न आग्रह समेत गरे।कार्यक्रमलाई समापन गर्दै सभापतिको आसनबाट निवर्तमान अध्यक्ष बिनेश तामाङले आफ्नो कार्यकालमा गरिएका अनुसरण युक्त कार्यहरुलाई निरन्तरता दिँदै अगाडी बड्न सुभाब दिए ।

गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक सँस्था हुँदाहुदै पनि यस्का धेरै जसो राष्ट्रिय समन्वय परिषदहरु बिबादीत प्राय रहने गरेका छन।कर्म गर्ने सिलसिलामा कमि कमजोरीहरु औँल्याउँदै भाबि कार्यनितिमा सकारात्मक परिबर्तन र परिमार्जन गर्दै बहुजन हितायको मर्म बोकेर सामाजिक कार्यमा होमिने हो भने यि बिबाद अपबादका रुपमा मात्रै सुन्न देख्न पाईएला ।

कतारको हकमा यहाँ स्थित आम नेपालीहरुलाई कतिलाई एनआरएनए के हो भन्ने नै थाहाँ छैन त कतिलाई फुर्सद वा वास्ता नै छैन । समाज परिवर्तनको धार समातेर एकथरी अभियान्ताहरु अबिछिन्न अघि बढिरहेका छन भने अर्को थरी फरक धारमा ।एनआरएनएको विशुद्ध सामाजिक अभियानमा आम गैर आवासीय नेपालीहरुको पहुँच र उपस्थिति हुने हो भने पक्कै यस्को उद्देश्य चरितार्थ हुनेथियो ।

एनआरएनए एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK