एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

कृष्ण के सी/अमेरिका

26 September, 2017 | Sandeep Bhattarai | 785 Views | comments

सोनाम लामा

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले आगामी २०१७-२०१९ कार्यकालका लागि संघको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

सेप्टेम्बर २४, २०१७ मा एनआरएनए एनसीसी बेलायतद्धारा आयोजित ह्याण्ड ओभर टेकओभर कार्यकममा अतिथिको रुपमा बोल्नेक्रममा अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले औपचारिक रुपमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।

सोनाम लामा सन २००९-२०११ र २०११-२०१३ कार्यकालमा दुइ-दुइ पटक अमेरिकाबाट संघको अन्तराष्ट्रिय सदस्य (ICC Member) हुनुहुन्थ्यो। २०१३-२०१५ कार्यकालमा भने लामा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुनुहुन्थ्यो भने २०१५-२०१७ अर्थात हाल उहाँ अकेरिकाज क्षेत्रका निर्वाचित क्षेत्रीय संयोजक (RC) हुनुहुन्छ।

संघको लाप्राक प्रोजेक्ट, मुख्यालय क्यम्पास र अन्य परियोजनाहरुमा समेत सकृय रहनुभएका लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरेर संघको नाममा हस्तन्तरण गर्दै हुनुहुन्छ। संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी भएका लामा न्यूयोर्क, अमेरका र नेपाल दुवै देशका सफल ब्यबसायी पनि हुनुहुन्छ। उसो त अरु थुप्रै सामाजिक संघ-संस्थाहरुमा समेत सहभागी हुनुहुन्छ लामा। त्यो भन्दा पनि एनआरएनए अभियानका एक अभिन्न पात्र र कुशल अभियन्ता मानिनुहुन्छ।

उपाध्यक्ष पदका उम्मेदवार सोनाम लामाको घोषणा पत्र जस्ताको त्यस्तै :
घोषणा पत्र
नमस्ते यहाँ उपस्थित मेरा अग्रज अध्यक्षज्यु आइसिसि सदस्यज्युहरु लगायत सम्पुर्ण नव निर्वाचित पधादिकारीज्युमा म सोनाम लामाको !

आजको यो सभामा म यहाँहरुलाई साक्षी राख्दै मेरो एनआरएनएको ८ वर्षको यात्रालाइ निरन्तर जारी राख्न आगामी २०१७-२०१९ को आइसिसिको उपाध्यक्षको जिम्मेवारी लिने घोषणा गर्दछु । यहाँहरुको विश्वास र मायाले मलाई अझ निरन्त काम गर्न उर्जा मिलेको हो। गोर्खालीहरुको ईमान्दारीता र बहादुरीले सिचेको यो बेलायत मेरो अर्को घर हो, तपाइहरु मेरा परिवार । म सम्पुर्णएनआरएनहरुलाइ विश्वास दिलाउन चाहन्छु मेरो उपाध्यक्षको कार्यकालमा गर्नु पर्ने÷गर्न सक्ने मेरा प्रतिबद्धताहरु

१) मेरो कर्म क्षेत्र अमेरीकाको क्षेत्रिय सम्मेलनमा पारीत भिजन २०२० एण्ड वियोण्डलाई पारीत गरी सफलतापुर्वक लागु गराउन ।

२) हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।

३) हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु। अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।

४) हामी भोली मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु।

५) देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मुर्ती परियोजनामा मैले आफै भोगेको छु । त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सकृयता रहने छ ।

हिजो जसरी देशमा परेको संकटमा अध्यक्षज्यु संग काँधका काँध मिलाएर चाहे भुकम्प पीडितलाई राहत पु–याउन होस् , चाहे सप्तरी बाढी पिडितलाई सघाउन म हिजो जतिकै भोली पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाई एनआरएनएहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।

अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै विदा माग्दछु ।

जय एनआरएनए।

भूकम्प पीडितको लागि सहयोग जुटाउन एनआरएनए उपाध्यक्ष पन्त क्यानाडामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK