एनआरएनए उपाध्यक्ष पदमा नरेन्द्र भाटको उम्मेदवारी घोषणा

ENGLISH

एनआरएनए उपाध्यक्ष पदमा नरेन्द्र भाटको उम्मेदवारी घोषणा

16 September, 2015 | Sandeep Bhattarai | 730 Views | comments

मोहम्मद अजिज अलि दोहा- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१५-१७ कार्यकालको उपाध्यक्ष पदका लागि नरेन्द्र बहादुर भाटले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

narendra

सोमबार बेलुका पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उम्मेद्वारी घोषणा गरेका भाट हाल गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहकार हुन l गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सातौ विश्व सम्मेलन नजिकिदै गर्दा ११ बुदे घोषणा पत्र सहित दोहामा रहेका एनआरएनए लगायत बुद्दिजीवी, व्यवसायी, बैचारिक, सामाजिक संघसंस्था र पत्रकारहरुको बाक्लो उपस्थितिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको स्थापनादेखि हालसम्मका अभियानलाई सार्थक वनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेका भाटले संघको स्थापना २००३ मा भए पश्चात यस संघलाई कतारमा स्थापित गराउन र स्थापना पश्चातका दिनहरुमा यसलाई अघी वढाउन प्रत्यक्ष र परोक्ष दुवै भुमिका निर्वाह गर्ने मौका पाएको बताएका थिए l एनआरएनएमा प्रत्यक्ष संलग्न भई गरेका पदीय जिम्मेवारीहरुलाई आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन्।

एनआरएनए एनसीसी कतारको २००७ देखि २००९ सम्मको समितिमा कार्यसमिति सदस्य, सचिवालय सदस्य, सचिव एवं कार्यवाहक महासचिव र २००९ देखि २०११ सम्मको कार्यकालमा अध्यक्ष, २०११ देखि २०१३ सम्मको अवधिमा आईसीसी मध्यपूर्व क्षेत्रीय संयोजक एवं २०१३ देखि २०१५ हाल वर्तमान आइसीसी सल्लाहकार पदको जिम्मेवारी वहन गर्दै यस संस्थाप्रति लामो अनुभव सँगाल्ने अवसर पाएको छु र त्यहि लामो अनुभव संगाल्ने अवसरहरुसंगै एनआरएनए अभियानलाई आगामी सातौं अन्तराष्ट्रिय महाधिवेशनको लागि घोषणा भएको नारा एन.आर.एन.ए पुन निर्माणको सच्चा साझेदारको मुल मर्मलाई हासिल गराउने प्रणका साथ आफ्नो उम्मेदवारी दिएको जानकारी गराएका थिए ।

एनआरएनएको स्थापनाकालमा वैज्ञानिक सोचका साथ तयार पारिएको परिभाषालाई कार्यान्वयन गराउन । महाभूकम्पको क्षति पश्चातको पुननिर्माणका लागि एनआरएनएले लिएको अग्रसरता तथा गरेको घोषणालाई द्रुत तवरले सम्पन्न गराउन सम्वन्धित निकायहरुसँग पहल गर्ने साथै एनसीसीहरुसँग समन्वय गरि थप श्रोतहरुको व्यवस्थापन सहित कार्य गर्ने । सामुहिक लगानीको अभियानका सह-अध्यक्ष समेत रहेर काम गरिसकेको अभुभावलाई विदेशमा सिकेको सिप र कमाएको पुँजीलाई एकत्रित गरि सामुहिक लगानीको अवधारणालाई अझ विस्कृत गर्न साथै आधुनिक प्रविधिको व्यवस्थापनमा श्रोत जुटाउन र त्यसको परिचालन मुलुक भित्र गर्न अग्रसर रहने छ ।

गैरआवासीय नेपालीको साझा सपना समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन नेपाली कला, संस्कृति, शिक्षा, नेपाली भाषा, खेलकूद, पर्यटन, र प्राकृतिक श्रोतको पहिचान एवं परिचालन गर्ने । मध्यर्पुका राष्ट्रहरु लगायत मलेसियामा कार्यरत आम गैरआवासीय नेपालीहरुका मुख्य समस्याहरु न्युनिकरण गर्न तथा ति राष्ट्रहरुमा वसोवास गर्ने नेपालीहरुको हकहितका लागि आवश्यक कार्यहरु गर्न गराउन पहल गर्ने । त्यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रभावकारी कार्यन्वयन गर्न नेपाल सरकारसँग पहल गर्ने लगायतका प्रतिबद्दता समेटिएको घोषणा पत्र माथि पत्रकारहरुको जिज्ञासालाइ भाटले प्रस्ट पारेका थिए ।

उपस्थित सम्पूर्ण बुद्दिजीवी व्यवसायी संघ संस्थाहरुको तर्फबाट शुभकामना दिदै एनसीसी कतारका अध्यक्ष मक्सुद आलमले नरेन्द्र भाटले एनआरएनए एनसिसि र आइसीसीका अभियानमा महत्वपूर्ण भूमिका बहन गर्दै आएको बताउदै दोहाले धेरै जना आईसीसी उपाध्यक्ष पाईसकेको छ नरेन्द्र भाटलाइ पनि जिताउनु पर्छ यसमा हामि सबैको साथ र शुभकामना रहने बताएका थिए । उम्मेद्वारी घोषणा एवं पत्रकार सम्मेलनको सहजीकरण क्रान्ति सिंहले गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK