एनआरएनए आईसीसी विधान संशोधनको माग

ENGLISH

एनआरएनए आईसीसी विधान संशोधनको माग

– नारायण खड्का, अष्ट्रेलिया

15 September, 2017 | Sandeep Bhattarai | 915 Views | comments

एनआरएनए केन्द्रीय समितीको विधानमा सबैलाई समान सहभागिता दिनुपर्ने बताउँदै बिधान संशोधन गर्न माग गरिएको छ ।

एनआरएनए न्युजिल्याण्डका पूर्वअध्यक्ष बाबुराजा महर्जनले अहिलेको बिधानले सबै सदस्य राष्ट्रहरुलाई मुलधारमा समेट्न नसकेको भन्दै संशोधनको माग गर्दै विधान संशोधन समितिमा प्रस्ताव लगेका हुन् । उनले संशोधन प्रस्तावमा एनआरएनका सदस्य राष्ट्रहरु ७६ भएपनि २७ राष्ट्रहरुलाई आईसीसीमा समावेश नगराइएको उल्लेख गरिएको छ । यसैगरि ९९ प्रतिशत सदस्यहरुले आफ्नो नेतृत्व कसले गर्दैछ र आफ्नो मताधिकारको अवस्था के भएको छ जानकारी नदिने गरिएको दाबी गरेका छन् ।

एनआरएनको दुई वर्षे कार्यकालका लागि यही अक्टोबरमा काठमाडौंमा निर्वाचन हुदैछ । संशोधन प्रस्तावमा एनआरएनको अधिवेशन दुई वर्षको साटो तीन बर्षमा गर्न समेत आग्रह गरिएको छ । ‘एकातिर अधिकांश अफ्रिका लगायतका अन्य देशहरुलाई आईसीसी सदस्य दिइएको छैन भने अष्ट्रेलिया अमेरिका लगायतका देशहरुलाई ठुलो संख्यामा आइसिसी सदस्य दिइएको छ । महर्जनले कान्तिपुरसँग भने, ‘यसरी विभेद राखिनुहुन्न भन्ने मेरो आग्रह हो ।’ उनले एनआरएनको केन्द्रीय तहमा चारपाँच वटा देशले प्रभुत्व जमाएको दाबी गरे ।

संशोधन प्रस्तावमा जुन देशबाट एनआरएनको सदस्यता लिइएको छ सोही देशमा मतदान गरिनुपर्ने माग गरिएको छ भने विभिन्न राष्ट्रहरुमा रहेका एनसिसीहरुलाई वार्षिक प्रतिवेदन बुझाउने इकाइको रुपमा मात्र प्रयोग गरिएको गुनासो गरिएको छ । प्रस्तावमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिले व्यक्तिगत सदस्यतालाई मान्यता दिने गरेको समेत उल्लेख गरिएको छ ।

अर्कोतिर, एनआरएनएका साधारण सदस्यहरुले केन्द्रीय समितीमा मतदान गर्न पाउने अधिकारबाट आफुहरुलाई बञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । एनआरएनएले मतदान गर्नका लागि आइसिसी सदस्य बाहेक बहालवाला र भूतपूर्व पदाधिकारीहरुलाई प्राथमिकता दिने गरेको छ । मतदान गर्न इच्छुक साधारण सदस्यहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गर्ने गरिएको गुनासो एनआरएन सदस्यहरुको छ । एनआरएनएले केन्द्रीय महाधिवेशनमा मतदान गर्नका लागि १ हजार सदस्य भएको राष्ट्रलाई एक सय र क्रमैसँग १५ हजार सदस्य भएको राष्ट्रलाई एक सय ८१ जना प्रतिनिधिको कोटा छुट्टयाएको छ ।

कान्तिपुरबाट

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा कमल वाईबा निर्वाचित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK