एनआरएनए (आईसीसी) उपाध्यक्षमा मेरो उम्मेदवारी किन ?

ENGLISH

एनआरएनए (आईसीसी) उपाध्यक्षमा मेरो उम्मेदवारी किन ?

23 September, 2015 | Yadab Devkota | 565 Views | comments

Bhawanगैर आवासीय नेपाली संघ (आईसीसी)का वर्तमा उपाध्यक्ष भवन भट्टले आउँदो कार्यकालका लागि पनि सोही पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । भट्टले उपाध्यक्ष पदमा रहेका निर्वाह गरेको भूमिका र भावी कार्यक्रम सार्वजनिक गरेका छन् ।

भवनले एक विज्ञप्ति जारी गरी नेपाल समकालिन राजनीतिक इतिहासको सबैभन्दा जटिल मोडमा उभिएको यस समयमा नयाँ संविधान जारीभएको खुशीयाली संगै नयाँ उमङ्ग छाएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गरेका छन् ।

विज्ञप्तमा राजनीतिक शक्तिहरु मिलेर अब सिंगो मुलुकको एकमात्र एजेण्डा आर्थिक सम्बृध्दि हुने बताइरहेका बेला नेपालभित्र रहेका नेपालीमात्र नभै हामी गैर आवासीय नेपाली पनि उत्तिकै उत्साही छौं । प्राकृतिक साधनस्रोतले धनी नेपाल साँस्कृतिकरुपमा पनि उत्तिकै धनीछ भन्ने तथ्य हाम्रालागि नौलो होइन तर हाम्रो पुस्ताले यसैको अधिकतम सदुपयोग गर्दै सम्बृध्द नेपालको सपना देख्नसक्ने अवस्था आएको छ । नेपाल अब आर्थिक सामाजिक रुपान्तरणको मार्गमा हिंडेको महशुस गरेका छौं । यसकारण हामी भाग्यमानी पनि छौं कि हामीले नयाँ नेपाल निर्माणको यो महाअभियानमा हातेमालो गर्न पाएका छौं र एउटा सम्बृद्ध राष्ट्रनिर्माणको सहयात्रीकारुपमा सहभागी हुने अबसर पाएका छौं ।

भट्टले गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि सुरुवात गरेको अभियान ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने भावनालाई नयाँ संविधानले समेटेको छ । नयाँ संविधानले गैर आवासीय नेपालीहरुको नागरिकताको निरन्तरता दिने भएको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो । गैर आवासीय नेपाली अभियानको एक दशक भन्दा लामो अबधीमा हामीले प्राप्त गरेको यो ठूलो उपलब्धिका लागि म संसारभर छरिएर रहनुभएका दिदीबहिनी दाजुभाइमा हार्दिक बधाई दिएका छन् ।

नागरिकताको निरन्तरतामा हामीले चाहेजस्तो भए पनि संविधानको २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली राहदानी बाहक नागरिकको नैसर्गिक अधिकार खुम्चिएको र विभेदकारी भएको महशुश गर्न हामी बाध्य भएका छौं भन्दै भट्टले यसको कार्यान्वयनका लागि निर्माण हुने ऐन नियममा नागरिकको संवैधानिक नैसर्गिक अधिकार हनन नहुने गरी व्याख्या गर्न र संविधानको आगामी संशोधनमा यसलाई सच्याउनुकानिमित्त हामीले संगठित रुपमा पहल गर्नु आवश्यक औंल्याएका छन् ।

एकदशक भन्दा अघिदेखि सुरु भएको गैर आवासीय नेपालीहरु एकजुट हुने क्रम अझै जारी छ र आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाउँदै लैजानुपर्ने चुनौति देखेका भट्टले संसारभर रहेका नेपालीहरुको यो साझा संस्थामा समाहित भएर आम नेपालीको समृद्धिमा थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्य लिएर आफू यो अभियानमा स्थापनाकालदेखि स्वतस्फूर्त र स्वयमसेवीका रुपमा सकृय सहभागी रहँदै आएको उल्लेख गरेका छन् ।

भट्टले सन् २००९ देखि २०११ सम्म एनआरएनए जापानको अध्यक्ष, २०११ देखि २०१३ सम्म एनआरएनए आइसीसी केन्द्रिय कोषाध्यक्ष र २०१३ देखि २०१५ सम्म एनआरएनए केन्द्रिय उपाध्यक्ष तथा पर्यटन प्रवर्धन समितिको अध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् ।

भट्टले गत बैशाखमा गएको बिनासकारी भूकम्पले हजारौं नेपालीको दुखद निधन भएको र हजारौं घाइते एवं घरबारविहिन भएको कठिन समयमा एनआरएनद्वारा संचालित उद्दार तथा राहत वितरण कार्यमा सबैको सकृयता, सहभागिता र सहयोगप्रति धन्यवाद दिनचाहन्छु साथै गैर आवासीय नेपालीको भूमिका अझ बढेको महसुस गरेको छु भन्दै एनआरएनएले एकहजार घर बनाउन गरेको प्रतिबद्धता पुरागर्न हामीसबै एकपल्ट फेरि लाग्नुपरेको उल्लेख गरेका छन् ।

बिपत्तिको क्षणमा राष्ट्रले हामीबाट ठूलो अपेक्षा गरेको कुरालाई नभुलि पुर्ननिर्माणको सच्चा साझेदारको दायित्वप्रति हामी सचेत भन्दै
भट्टले गैर आवासीय नेपालीको संख्यात्मक बृद्धिसंगै यो अभियान संसारभर फैलिदैगएको छ । राष्ट्रले भोगेको राजनैतिक अस्थिरता र प्राकृतिक बिपत्तिले गर्दा ओझेलमा परेको आर्थिक संबृद्धिका एजेन्डालाई अघिबडाउन गैर आवासिय नेपालीको अहं भुमिका रहने दावी छ ।

भट्टले एनआरएनको प्रतिबद्धता अनुसार कार्यकालमा आफ्नै भवन बनाउने प्रकृया सुरु गरिसकेको र काठमाडौंको बालुवाटारमा भवन शिलान्यास भइ निर्माण काम समेत सुरु भइसकेको उल्लेख गर्दै भवन निर्माणका लागि प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यसलाई नमुना भवन बनाउने हाम्रो प्रयाश जारी रहेको छ ।

भट्टले आफूलाई विजयी गराउन आव्हान गर्दै बिगतका कार्यकालमा शुरु भएका असल कामहरुलाई निरन्तरता दिंदै एनआरएनएको संस्थागत विकासका लागि सबैको सकृयता आवश्यक रहेकाले आगामी कार्यकालका लागि पनि उपाध्यक्ष पदमै एकपल्ट फेरि उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK