एनआरएनए आइसिसी आरसि लामा तथा वाना अध्यक्ष कार्की सियाटलमा सम्मानित

ENGLISH

NRN GLOBAL

एनआरएनए आइसिसी आरसि लामा तथा वाना अध्यक्ष कार्की सियाटलमा सम्मानित

3 May, 2017 | Sandeep Bhattarai | 680 Views | comments

सम्मानित

अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा अर्जुन कार्की तथा वाशिंगटन स्टेटको लागि नेपाल सरकारका अवैतनिक वाणिज्य दूत तथा सेभेन समिट फाउन्डेशनका अध्यक्ष अनरेवल एसि शेर्पा शालाकाले एक विशेष समारोहकावीच एनआरएनए आइसिसीका रिजनल कोअर्डिनेटर सोनाम लामा तथा एनसिसि कोअर्डिनेटर र वानाका अध्यक्ष उत्तम कार्कीलाई सम्मान गर्नु भएको छ।

लामो समय सम्म एन आर एन आन्दोलनमा निष्ठापूर्वक सेवा गरी नेपाली समुदायलाई उल्लेखनिय गुन लाए बापत एनआरएनए आइसिसी रिजनल को अर्डिनेटर शेर्पालाई सम्मानित गरिएको हो। त्यसै गरी नेपाली समुदायको लागि धेरै सेवा पुर्याइ प्रेसिडेन्ट भोलान्टिअर सर्भिस अवार्डबाट समेत सम्मानित भईसक्नु भएका पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष उत्तम कार्किलाई अवैतनिक वाणिज्य दूत एसि शेर्पा शालकाले तिङ्ला सोलुखुम्बुमा बन्न लागेको वाना एनएजिसि कम्युनिटी सेन्टरको लागि अमेरिकि डलर चार हजार पाँच सय ससम्मान हस्तानन्तरण गर्नु भयो।

उहाँले सो रकम दिने घोषणा पोर्टल्यान्ड रिजनल कन्फेरेन्सको अवसरमा गर्नु भएको थियो। सो हस्तानन्तरण कार्यक्रममा सो परियोजनाको साझेदार संस्था नेपाल विस्व सहयोग संघका संस्थापक अधक्ष मणी नेपाली पनेरु तथा वाना महा सचिव भरत बाँस्कोटा उपस्थिती रहेको थियो। वानाकि संस्थापक अध्यक्ष उमा कार्की थापाले टेलिफोन्मा कुरा गर्दै अवैतनिक वानिज्य दूत एसि शेर्पा शालाका प्रती सो उदार योगदानकोलागी हामी हार्दिक आभार व्यक्त गर्नु भएको छ। सो प्रोजेक्टलाई सफल बनाउन संस्थापक अध्यक्षको हैसियतले कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको छ।

यस अघी अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की तथा सिटी अफ रेडमण्डका मेयर जोन मार्चिओंनले सियाटल शहरमा अवस्थित वानिज्य दूतावासको रिबन् काटी उद्घाटन गर्नु भएको थियो। सो अवसरमा प्रमुख अतिथीको रुपमा अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, एनआरएनए एनसिसि युएस्एका अध्यक्ष डा केशव पौडेल सियाटल र रेमन्ड शहरका मेअरहरु लगायत सो क्षेत्र र अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिमूलक उपस्थिती रहेको थियो।

सम्मानित

हालै उद्घाटन भएको सो वाणिज्य दूतावासमा अमेरिकाका विशेष गरी पश्चिमतिरका राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायको लागि एमआरपी पासपोर्ट, कानुनी वारेसनामाको प्रमाणित लगायत वाशिंगटन दूतावासवाट गरिने कैयौँ सेवाहरु उपलब्ध हुने कुरा बताइन्छ। कार्यक्रममा दुतावासका कर्मचारी तथा स्टेट अफ वाशिंगटनका एसिया प्यासिफिक स्टेट कन्सुलर मोहन गुरुङ, अन्य कन्सुलरहरु, एनआरएनए एनसिसि युएस्एका उपाध्यक्ष डिल्ली भट्टराई, नेपाल सियाटल सोसाइटिका अध्यक्ष गणेश सिवाकोटी, एनआरएनए ओरेगन च्याप्टरका अध्यक्ष दिवाकर श्रेष्ठ, समाजसेवी पेम्बा शेर्पा तथा आङ बाबु शेर्पा, नेपाल एशोसियसन अफ ओरेगनका बोर्ड अफ डाइरेक्टर प्रदिप बज्रचार्य, एनआरएनए नेता नविन शेरचन, ख्यातिप्राप्त खेलाडी तथा समाजसेवी नारायण गुरुङ अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी सिताराई, एनआरएनए का हस्तिहरु बि आर लामा लगायतको उल्लेखनिय उपस्थिती रहेको थियो।

एनआरएनए अमेरिकाको सदस्यता छानबीन तथा प्रमाणीकरण कार्य तीव्र गतिमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK