एनआरएनए अस्ट्रेलियाको सदस्यता वितरण सम्बन्धमा विवाद (विज्ञप्ति सहित)

ENGLISH

एनआरएनए अस्ट्रेलियाको सदस्यता वितरण सम्बन्धमा विवाद (विज्ञप्ति सहित)

31 May, 2017 | Sandeep Bhattarai | 1605 Views | comments

एनआरएनए अस्ट्रेलियाएनआरएनए अस्ट्रेलियाको सदस्यता सम्बन्धमा विवाद देखिएपछि गैर आवासीय संघ अस्ट्रेलियाले अध्यक्ष सुरेन्द सिग्देल संयोजकत्वमा उपाध्यक्ष दिनेश पोखरेल र पब्लिक अफिसर शमिम अनवरलाई यस विवादलाई कसरी साम्य पर्न सकिन्छ भन्दै जिम्मेवारी दिएको थियो ।

त्यहि जिम्मेवारी अनुरुप गत मे २८ मा एनआरएनए अस्ट्रेलियाको सदस्यता विवाद समाधान समितिका संयोजक डिल्ली राम ढकाल, सदस्यहरु डा. जगदीश तिमिल्सिना र सुरेन्द्र सापकोटाका साथै सदस्यता सम्बन्धि प्रकृयागत प्रश्न उठाउदै संस्थाको ध्यानाकर्षण गराउन उजुरी दिनु भएका एनआरएनए अस्ट्रेलियाका सदस्यहरु दुर्गा बन्जाडे, शिव बन्जरा र तिर्थ खतिवडाको उपस्थितिमा यस विषयमा छलफल भएको एनआरएनए अस्ट्रेलियाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

छलफलले एनआरएनए अस्ट्रेलियाले, अस्ट्रेलियामा रहेका सबै नेपाली मुलका दाजुभाई दिदिबहिनीहरु बीच बृहत्तर हितमा अभिप्रेरित गर्दै सबैको अपनत्व गराउनु पर्ने आबश्यकता महसुश गरेको छ। साथै छलफलले हालै उठेका बिबादित भनिएका सदस्यहरुको हकमा छानबिनका लागि एनआरएनए तथा विवाद समाधान समितिमा बृहत छलफल गरि यथाशिघ्र समस्या समाधानको लागि अघि बढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै सदस्यता सम्बन्धि विवाद समाधानको लागि फेयर ट्रेडिङ्ग, कन्जुमर अफेयर्स र अस्ट्रेलियाको इन्फर्मेसन कमिसनमा गरिएको भनिएका उजुरीहरु, उजुरीकर्ताबाट तत्कालै फिर्ता गर्ने लिखित सहमति भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए ।

NRN Australia
प्रेस बिज्ञप्ती !!!

बिगत केहि हप्ता देखि एनआरएनए अस्ट्रेलियाको सदस्यता सम्बन्धि भनिएका बिबाद र त्यसलाई कसरि सम्बोधन गर्न सकिन्छ भनि एनआरएनए अस्ट्रेलियाले मेरो संयोजकत्वमा उपाध्यक्ष दिनेश पोखरेल र पब्लिक अफिसर शमिम अनवरलाई जिम्मेवारी दिएको थियो र यही जिम्मेबारी अनुरुप, एनआरएनए अस्ट्रेलियाको सदस्यता विवाद समाधान समितिका संयोजक डिल्ली राम ढकाल, सदस्यहरु डा. जगदीश तिमिल्सिना र सुरेन्द्र सापकोटाका साथै सदस्यता सम्बन्धि प्रकृयागत प्रश्न उठाउदै संस्थाको ध्यानआकर्षण गराउन उजुरी दिनु भयका एनआरएनए अस्ट्रेलियाका सदस्यहरु दुर्गा बन्जाडे, शिव बन्जरा र तिर्थ खतिवडाको उपस्थितिमा २८ मे २०१७ का दिन एक औपचारिक छलफल सम्पन्न भएको सबैमा जानकारी गराउन चाहन्छौ ।

संस्था अनि समुदायको सर्बोपरी हितलाई मध्यनजर राख्दै गरिएको उक्त औपचारिक बार्ता अत्यन्त सौहाद्रपूर्ण बातावरणमा सम्पन्न भयो । छलफलले एनआरएनए अस्ट्रेलियालाई, अस्ट्रेलियामा रहेका सबै नेपाली मुलका दाजुभाई दिदिबहिनीहरु बिच बृहत्तर हितमा अभिप्रेरित गर्दै सबैको अपनत्व गराउनु पर्ने आबश्यकता महसुश गरेको छ। यसका लागि संस्थालाई अझ परिष्कृत गर्दै आगामी दिनमा उठेका सबालहरु उपर बृहत्तर रुपमा समुदायका अग्रजहरु सँग छलफल गर्दै बर्तमान बिधान, नियम तथा कानुन समेतलाई ध्यानमा राखी अघि बढ़ने छलफलले निर्णय गरेको छ ।

त्यसैगरि हाल उठेका बिबादित भनिएका सदस्यहरुको हकमा छानबिनका लागि एनआरएनए तथा समुदायको सदस्यहरु बाट पेश गरिने सुझाब तथा प्रस्ताबहरु सदस्यता विवाद समाधान समितिमा बृहत छलफल गरि प्रमाणिकरण, प्रभावकारिता एबं ब्यबहारिकताका आधारमा अल्पकालीन एबं दीर्घकालीन रुपमा समस्या समाधानको लागि अघि बढ्ने सहमति भएको छ । यसका साथै सदस्यता सम्बन्धि भनिएका विवादहरु लाई लिएर फेयर ट्रेडिङ्ग, कन्जुमर अफेयर्स र अस्ट्रेलियाको इन्फर्मेसन कमिसनमा गरिएको भनिएका उजुरीहरु, उजुरीकर्ताबाट तत्कालै फिर्ता गर्ने लिखित सहमति भएको व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौ ।

धन्यवाद ।

सुरेन्द्र  सिग्देल

अध्यक्ष
एनआरएनए , अस्ट्रेलिया
मिति: ३० मे २०१७

एनआरएनए अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK