एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनको अध्यक्ष पदमा टोनु घोथाने

ENGLISH

NRN GLOBAL

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनको अध्यक्ष पदमा टोनु घोथाने

रोशन घिमिरे,मेलबर्न

5 May, 2017 | Bipin Acharya | 1025 Views | comments

 

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि समाजसेवी टोनु घोथानेले उम्मेद्वारी घोषणा गरेका छन् ।

अष्ट्रेलिया राम्रो छबी बनाएका उनले मेलबर्नको कोबर्गस्थित बिगबेली एशियन क्याफेमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई निर्वाचनमा आफुलाई सहयोगको लागि अनुरोध गर्दै उनले भने, ‘म आईसीसी एप्रोचमा काम गर्नेछु । आईसीसी एप्रोच भनेको ईन्कुसिभनेस, कोलावरेटिभ र कन्सल्टेटिभ हो ।’ उनले थपे, ‘ पहिलो अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका अन्य नेपाली सामूदायिक संघसंस्थाहरुसँग सहकार्यलाई अझ घनीभूत बनाउनेछु ।

दोश्रो, नेपाली समूदायको समस्या र उनीहरुको आवाजलाई अष्ट्रेलियाको स्थानीय र संघीय सरकारको तहसम्म लैजाने भरपर्दो व्यवस्था गर्नेछु । तेश्रोमा एनआरएन अष्ट्रेलियाको आर्थिक गतिविधिहरुलाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउनेछु ।

यसका साथै विद्यार्थीहरुको हितमा रहेका अहिलेका कार्यक्रमलाई निरन्तरता दिनेछु ।’ उनले आफ्ना एजेन्डाहरु अझ विस्तृत रुपमा केही दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए।

एनआरएन अष्ट्रेलियाको पूरानो कार्यसमितिमा सचिव पदमा रही प्रभावकारी भूमिका निर्वाह गर्दै आएका घोथानेको यो घोषणालाई अष्ट्रेलियावासी नेपालीहरुले उत्साहका साथ स्वागत गरेका छन् ।

अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आएका गोथाने टिडब्लुजीजीका प्रिन्सिपल तथा कानूनविदको रुपमा समेत कार्यरत छन ।
एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमिति चयनको निर्वाचन जुलाई ८ तारिखमा हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK