एनआरएनए अमेरिकाको पाचौं सम्मेलन ड्यालसमा हुने

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको पाचौं सम्मेलन ड्यालसमा हुने

सर्वज्ञ वाग्ले, अमेरिका ।

6 January, 2017 | Sandeep Bhattarai | 1220 Views | comments
 गैर आवासीय  नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद अमेरिकाको पत्रकार सम्मेलन ड्यालसमा आईतवार सम्पन्न भयो ।
एनआरएनए अमेरिका
उक्त पत्रकार सम्मेलन यही १४ जनवरी शनिवारका दिन हुन लागेको एनआरएनएको पाँचौ सम्मेलनको  जानकारी  दिन गरिएको हो ।उक्त सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. केशव पौडेलले भन्नु भयो ” अमेरिकामा गैर आवासीय  संघ एनआरएनएको नीति तथा कार्यक्रम, सम्मेलनमा यस वर्षको नारा  भिजन २०२० एण्ड वियोण्ड ,सदस्यता वितरण संवन्धी सरलीकरण र हाल सम्म हामीले गरेका काम र हाम्रो फ़ेहरिस्त वोकेर हामी यहाँहरू सबै साधारण सदस्य माँझ उपस्थित हुने छौ”।
स्मरणीय रहोस् एनआरएनए अमेरिकाको पाँचो सम्मेलन अमेरिकाको ड्यालसमा यही जनवरी १४ तारिख शनिवारका दिन अमेरिकाको ५० वटै राज्यहरु तथा विभिन्न मुलुकहरुबाट गरि झण्डै पाँचसय भन्दा बढी नेपालीको सहभागिता रहने गरि सम्मेलनको अन्तिम तयारी लगभग पुरा हुन लागेको छ ।
उक्त कार्यक्रममा एनआरएनएको यस कमिटीले  विगत १८ महिना देखि हालसम्म के के गर्यौं र बाँकी ६ महिनामा गर्नु पर्ने के कति कामको रोड म्याप तयार गरिएको छ भन्ने वारेमा पनि  सम्मेलनमा व्यापक समिक्षा हुनेछ र त्यसको पूर्ण तयारिमा एनआरएनए जुटेको छ । सो सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री प्रकाशशरण महत आउनु हुनेछ ।
एनआरएनए अमेरिकाले गर्नु पर्ने काम र कर्तव्यको वारेमा राय सुझाव र सल्लाह दिने सबैवाट आएका कुराहरूलाई एनआरएनएले सँधै  सकारात्मक रुपमा लिने छ । यस्ता आलोचना र सुझावले संस्थालाई जीवन्त राख्नमात्र नभै सकृय राख्न समेत थप बल पुग्ने विश्वास एनआरएनए अमेरिकाले लिएको छ ।
ड्यालसको फोर पोइन्ट होटल सेराटनमा हुने उक्त कार्यक्रममा झण्डै पाँच शय भन्दा वढीको सहभागिता हुने छ भने हालसम्म सो होटलको ६५ प्रतिशत कोठाहरु  बुकिङ भैसकेका छन् । नेपालीहरूको घना तथा व्यवस्थित वस्तिको नामले चर्चित ड्यालसमा अमेरिकामा रहेका सामाजीक, आर्थिक र राजनीतिक हिसावले उचाई बनाएका नेपालीहरुले समेत आफ्नो अनुभव साटासाट गरि यो एनआरएनएको पाँचौ सम्मेलनमा नेपाली समाजलाई पनि एउटा उचाईमा पुर्याउने विश्वास आम नेपालीले लिएका छन् ।
पत्रकार सम्मेलनमा वोल्दै एनआरएन अमेरिकका उपाध्यक्ष तथा सम्मेलन तयारी समितिका संयोजक राम सी पोखरेलले भन्नु भयो “एनआरएनएले आगामी दिनमा लिनुपर्ने एजेण्डा, आर्थिक नीति, विधान लगायतका विषयमा सम्मेलनमा दिनेछ । ‘समय अनुसार एनआरएनले उठाउने मुद्धाहरु पनि परिवर्तन हुँदै गएको सन्दर्भमा हामीले आगामी दिनमा सदस्यहरुको समस्या, आर्थिक विकासका कुराहरुलाई पनि प्रमुखताका साथ राख्ने तयारीमा जुटेका छौं”।
पत्रकार सम्मेलनमा एनआरएनए  अमेरिकाका कार्यकारिणी सदस्य विनोद तिवारी,सम्मेलन तयारी समितिका सह-संयोजक तथा कार्यक्रममा आतिथ्यता प्रदान गर्ने एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछाने,नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले पनि एनआरएनएको पाँचौ सम्मेलन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने कुरा राख्दै कार्यक्रम सफल पार्न सबैलाई आग्रह गर्नु भयो । उक्त कार्यक्रम माँ टेक्ससबासीका तर्फबाट सम्मेलनमा सहभागी हुन आउनेहरुलाई जनवरी १३ तारिक साँझको डिनर व्यबस्था पनि गरिएको छ ।
कार्यक्रममा एनआरएनए अमेरिकाका सल्लाहकारद्वय गौरी जोशी र सुनिल शाहले सम्मेलनलाई सफल बनाउन थप आर्थिक सहयोगका लागि सम्पूर्ण संघ संस्था लगायत चन्दा दाता र उधोग पतिहरूलाई अपिल समेत गर्नु भएको छ ।
उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावहरुले अनलाइनबाट समेत दर्ता गर्नसक्नु हुनेछ । सो कार्यक्रममा अनलाइनबाट दर्ता गर्दा ४० डलर तिर्नुपर्ने हुन्छ भने कार्यक्रम स्थलमै आई सम्वन्धित ठाउँमा  दर्ता गर्दा ५० डलर शुल्क तिर्नु पर्ने हुनेछ ।

नेजाले एनआरएनए विशेष अन्तरक्रिया गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK