एनआरएनए अमेरिकाको चुनावमा कोषाध्यक्ष पदमा डा. अयार्लको उम्मेद्वारी

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको चुनावमा कोषाध्यक्ष पदमा डा. अयार्लको उम्मेद्वारी

14 July, 2017 | Bipin Acharya | 615 Views | comments

गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी केही सातापछि हुन लागेको चुनावमा कोषाध्यक्ष पदमा डा. प्रकाश अर्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

अमेरिकाको मेरिल्याण्डमा रहेको मेरिल्याण्ड युनिभर्सिटि अन्र्तगत रेडियसन अनकोलोजी विभागमा सहायक प्राध्यापकको रुपमा कार्यरत अर्यालले हालै एनआरएन अमेरिकाको कोषध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

प्राणघात रोग क्यान्सरको उपचारको नयाँ विधि अर्थात ‘रेडियसन अनकोलोजि’को विशेषज्ञको रुपमा परिचित अर्यालले अमेरिकाकै केनटुकी युनिभर्सिटिबाट फिजिक्समा विद्यावारिधी गर्नुभएको छ ।

नेपालमा रहँदा उहाँले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकदेखि वीर अस्पतालमा रेडियसन सेफ्टी अफिसरको रुपमा काम सम्पन्न गरिसक्नुभएको छ । अमेरिकामा रहेका स्वास्थ्य सम्बन्धी विभिन्न संघ संस्थामा सक्रिय रुपमा क्रियाशील अर्याल अमेरिकाबासी नेपालीहरुमाझ समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्छ ।

अध्ययन र अनुभव दुबैमा निपूर्ण अर्यालले यसपटक एनआरएनको गरिमालाई थप उचो बनाउने उद्देश्यले एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको बताउनुभएको छ । हाम्रो होइन राम्रो व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने माध्यताका साथ सबैलाई उत्प्रेरित गराउन सफल अर्याल अमेरिकाबासी नेपालीहरुमाझ छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ ।

राजनीतिको नाममा टुटफुट गर्नेहरुका विरुद्ध सतिशाल बनेर उभिनुभएका अर्यालको यही दृढ अठोट र उहाँको बौद्धिक क्षमतालाई आत्मसाथ गर्दै यसपटक धेरै अमेरिकाबासी नेपालीले नेतृत्व तहमा आउन सुझाव दिएकै कारण उहाँले कोषध्यक्षमा उम्मेद्वारी दिनुभएको बताइएको छ ।

पछिल्ला बर्षहरुमा एनआरएन अमेरिका भित्र देखिएका विभिन्न खाले विकृत तथा विसंगतिलाई चिर्दै यसलाई सबल र सक्षम बनाउँदै सबैले गर्व गर्न लायक संस्थाको रुपमा विकास गर्ने लक्षका साथ आफू चुनावी मैदानमा उत्रिएको भन्दै उहाँले आफ्नो पक्षमा मतदान गर्द सबैसँग विनम्र अनुरोध गर्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK