एनआरएनए अमेरिकाको चुनावका लागी लस एन्जलसमा अन्तरक्रिया कार्येक्रम सम्पन्न

ENGLISH

एनआरएनए अमेरिकाको चुनावका लागी लस एन्जलसमा अन्तरक्रिया कार्येक्रम सम्पन्न

20 May, 2017 | Bipin Acharya | 520 Views | comments

आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्यबीच नेपाल–अमेरिका एकता समाजको कार्यालयमा अन्तरक्रिया कार्येक्रम सप्म्पन्न भएको छ ।

विभिन्न संघ–संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बीच भएको छलफलमा उम्मेदवारी के–को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको नेपाली समुदायले के प्राप्त गर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

एनआरएन आइसीसी सदस्यको लागि बलराम थापा, एनआरएन अमेरिकाको लागि उम्मेदवारी घोषणा गर्नेहरु उपाध्यक्ष पदमा उमा कार्की थापा, सचिवमा टेक बहादुर लामा, महिला संयोजकमा इन्दिरा त्रिपाठी, सदस्यमा कर्ण चन्द र क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा रामबाबु पाण्डे रहेका छन् ।

चुनावका आकाक्षीहरूले आफूहरू साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेका नेपालीहरूको हितमा पहिले पनि काम गरेको र फेरि पनि निरन्तर रूपमा काम गरिरहने बताए ।

यस पटकको चुनावमा अध्यक्ष पदका छ जना आकाक्षी (वर्तमान अध्यक्ष केशव पौडेल, वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, वर्तमान उपाध्यक्षहरु राम सी. पोख्रेल, रबिना थापा र डिल्ली भट्टराई र वर्तमान सल्लाहकार गौरी जोशी) रहेकोमा सबैले आ–आफ्नो प्यानल बनाएर लड्ने अवस्था देखिएको हुँदा तपाईँ हरू कुन प्यानलबाट लड्दै हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा अन्य उम्मेदवारहरुले आफूहरू कुनै प्यानलबाट उठ्न नलागेको बताए ।

उपाध्यक्ष पदको उम्मेदवार उमा कार्की थापाले विवादका बीचमा दौडीरहेको वर्तमान एनआरएन अमेरिकालाई सबैको आफ्नो हो भनी महसुस गराउने बनाउनको लागि सफल उद्यमी, कुनै पार्टीको झन्डा बोकेको भन्दा स्वतन्त्र रूपमा आएका गौरी जोशीलाई समर्थन गर्दै आफूसँगै उठ्न लागेको बताइन् ।

यसै कार्यक्रम मार्फत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको समेत थापाले जानकारी दिइन । नेपाल–अमेरिका एकता समाजको महासचिव डोल्मा लामाले कार्यक्रमको बारेमा छोटो प्रकाश पार्दै सुरु भएकोमा संस्थाका अध्यक्ष सूर्य प्रसाईंले सहजीकरण गरेका थिए ।

रामचन्द्र लामिछानेले यस क्षेत्रबाट प्रतिनिधित्व गर्न लागेका सबै उम्मेदवारले आत्म मूल्याङ्कन गर्दै आफू उठ्ने–नउठ्ने निर्णय गर्ने बेला नजिकिएको र यहाबाट प्रतिनिधित्व गर्दा यस क्षेत्रको नै गर्व गराउन सक्नु पर्ने सुझाव दिए ।

एनआरएन आइसीसीका पूर्व सदस्य राजेन्द्र सिवाकोटीले संस्थाका बारेमा छोटो प्रकाश पार्दै संस्थाको केन्द्र, राज्य र स्थानीय च्याप्टरका उम्मेदवार सबैले बिश्व हाक्ने चुनावी नारा देखाउनु भन्दा स्थानीय रुपमा भएका समस्या उठाउनुपर्ने र समाधानका लागि पहल गर्नु पर्ने बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK