एनआरएनए अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी

ENGLISH

एनआरएनए अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी

विजय थापा वाशिंगटन डिसी

8 September, 2017 | Sandeep Bhattarai | 2005 Views | comments

केशव पौडेल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्पर्धीलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l

अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्पर्धामा केवल चिकित्सक केशव पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l पौडेलले ४६.७ प्रतिशत मत ल्याई पुन: बिजयी भएका छन् l

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान विद्युतीय प्रकिया द्वारा निर्वाचन भएको थियो l गत बुधबार राति सेप्टेम्बर ६ तारिख ११:५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दीहरु रविना थापा ,राम सी पोखरेल ,तथा कृष्ण पोख्रेल रहेका थिए l चिकित्सक पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन :अवसर दिन आग्रह समेत गरेका थिए l

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ l कुल ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ l यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शाह बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल ,मध्य पश्चिम क्षेत्रको लागि राधा पौडेल ,उत्तर पूर्व क्षेत्रको लागि राम कुमार सुबेदी तथा पश्चिमक्षेत्रको उमा कार्की थापा रहेका छन् l

यसै गरि महासचिवमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन् l यसै गरि कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् l महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएकी छिन् l यसै गरि कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन l

यसै गरि आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन् l

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशंका र विरोध किन सुरु ?

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशंका र विरोध सुरू भएको छ l निर्वाचन सकिएको केही मिनेट मै नतिजा सामाजिक संजालमा आएपछि मतदाता र उम्मेदवार आश्चर्य बनेका छन । र, आक्रोश पोख्न थालेको समाचार प्राप्त भएको छ । निर्वाचन सकिएको करिव ३ मिनेटमा नतिजा निस्कनुले निर्वाचन गर्ने निकाय फितलो र कमजोर रहेको आरोप लाग्न सुरू भएको छ ।

यसो हो भने ( ईलेक्सन बडी ) नामक निकायको यन्त्र नै क़ब्ज़ा गरि अंक यताउता पारेको पनि शंका उम्मेदवारहरूले गरेका छन । मत खसाल्न लाग्दा तपाईहरूले मत खसाएको भनि उम्मेदवारले प्रमाण दिने बताएका छन । ईलेक्सन बडीले गराएको निर्वाचन प्रति गोपनीयता र विश्वसनीयताको प्रश्न खड़ा भएको छ l मतदान प्रक्रियामा त्रुटि जस्तो फेला परेकोले मतदान प्रक्रिया पनि छानबीन होस भन्ने पनि सामाजिक सञ्जालमा आइरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तले सम्बोधन गर्ने हेतुले दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक हुन् आव्हान गर्दै सम्बोधन गरिन l

किन निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल द्वारा निर्वाचन परिणाम प्रकाशित गर्नु अघि दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक :

एनआरएनए अमेरिकाकि निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले निर्वाचन आयोगले निर्वाचन परिणाम प्रकाशित गर्नु अगावै अनौपचारिक रुपमा सामाजिक संजालमा आएको निर्वाचन परिणाम आएकोले सामाजिक संजालमा हंगामा मच्चियो l सत्य तथ्य पत्ता लगाउन निर्वाचन समितिका सदस्य तथा निर्वाचन गराउने निकाय संग छलफल गरे पछि निर्वाचन आयुक्त दाहालले संचारकर्मी ,उम्मेदवार तथा अन्य सहभागीहरुको जानकारी दिदै जिज्ञाशालाई समेत सम्बोधन गरिन l

आयुक्त शर्माले निर्वाचन मतदानमा कुनै ह्याक (अनधिकृत प्रवेश ) नभएको जानकारी दूर संचार प्रणाली( कन्फेरेन्स कल ) को मार्फत गराईन l

प्रमूख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल को नेतृत्वमा मतदान सम्पन्न भएको थियो भने ईलेक्सन बडी नामक निकायलाई विद्युतीय मतदानको जिम्मा दिइएको थियो l

एनआरएनए अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK