एनआरएनए अमेरिकाका दुई प्रमुख अभियन्ता एउटै पदमा भिड्दै

ENGLISH

एनआरएनए अमेरिकाका दुई प्रमुख अभियन्ता एउटै पदमा भिड्दै

दिनेशजंग शाह

13 October, 2017 | Bipin Acharya | 2445 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षका लागि एनआरएनए अमेरिकाका दुई प्रमुख अभियन्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामा र एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष एवम् आईसीसी सदस्य खगेन्द्र जिसीले उपाध्यक्ष पदमा उठने जनाएका हुन् । आगामी शनिबारदेखि काठमाडौंमा एनआरएनएको आठौं अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । सम्मेलनले आगामी दुई वर्षका लागि आईसीसीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उपाध्यक्ष पदमै दुवैको चुनावी मैदानमा उत्रने योजनालाई अमेरिकाको एनआरएनएभित्र रहेको तिक्तता एवम् गुटबन्दीको रुपमा पनि बिश्लेषण गरिएको छ । तीव्र गुटबन्दी एवम् खिचातानीको पृष्ठभुमिमा गत महिना अमेरिकास्थित एनआरएनएको निर्वाचन सम्पन्न भएको थियो । आईसीसीको कार्यसमितिमा खुला पदतर्फ दुई उपाध्यक्षका लागि निर्वाचन हुँदैछ । बहालवाला उपाध्यक्ष कुमार पन्तले पुन सोही पदमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यो पृष्ठभुमिमा उपाध्यक्षको एक पदका लागि जिसी र लामाबीच नै आमनेसामने रुपमै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

पेसाले आप्रवासीसम्बन्धी कानुन व्यवसायी रहेका जिसीले दोहारो नागरिकताको विषयलाई आफ्नो मुख्य चुनावी एजेण्डाको रुपमा अघि सारेका छन् । उनले नेपालको संविधानमा उल्लेखित भए अनुरुप एनआरएनलाई सामाजिक, आर्थिक एवम् सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि पहलकदमी गर्ने जनाएका छन् ।

यता व्यापार व्यवसायमा सक्रिय लामाले भने एनआरएनएका सबै खाले महत्वाकांक्षी योजनामा आफू तन, मन र धनले प्रतिबद्ध रहेको घोषणा पत्रमा उल्लेख गरेका छन् । एनआरएनएलाई साझा संस्था आफ्नो प्रमुख एजेण्डा रहेको लामाको दाबी छ ।

आईसीसी अध्यक्ष शेष घलेसँग निकट सम्बन्ध रहेका क्षेत्रीय संयोजक लामाको अमेरिकाको एनआरएनएमा राम्रो पकड बताइन्छ ।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय जिसी पनि चिरपरिचित उम्मेदवारको रुपमा एनआरएनएमा स्थापित छन् । दुई वर्षअघिको अन्तर्राष्ट्रिय सम्मेलनमा जिसी उपाध्यक्ष पदमा पराजित भएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उपाध्यक्षका उम्मेदवार लामा, नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिसीको भने कांग्रेससँग लामो समयदेखिको सामिप्यता रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK