एनआरएनए अफ्रिका क्षेत्रीय बैठक सातबुँदे घोषणा जारी गर्दै सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए अफ्रिका क्षेत्रीय बैठक सातबुँदे घोषणा जारी गर्दै सम्पन्न

26 December, 2016 | Sandeep Bhattarai | 2360 Views | comments

गैर आवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ ।

दोस्रो अफ्रिका क्षेत्रीय बैठक

पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुपमा बढ्दै गरेकाले दुवै क्षेत्रका एक एक वटा राजदूतावास आवश्यक भएको बैठकले ठहर गरेको छ ।बैठक समापन कार्यक्रममा एनआरएनएका अफ्रिका क्षेत्रका संयोजक सुनिल कार्कीले काम र व्यवसायका लागि आउने नेपालीहरु संख्या पूर्वी तथा पश्चिम अफ्रिकी मुलुकहरुमा भएपनि राजदूतावास उत्तर र दक्षिण क्षेत्रमा भएकाले काम गर्न अफ्ठ्यारो भएको बताए ।

५४ वटा देश रहेको अफ्रिकामा नेपालको २ वटा मात्र दूतावास रहेको छ । इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियामा दूतावास रहेको छ । दक्षिण अफ्रिकाका देशलाई कायरो र पूर्वी अफ्रिकी मुलुकलाई प्रिटोरियाले हेर्दै आएको छ ।

यस्तोमा बैठकले पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गरेको छ ।कार्यक्रममा पछिल्लो समयमा रोजगारी र व्यवसायमा गरी करिव ५ हजार नेपाली अफ्रिका बसोबास गर्दै आएको जानकारी गराइएको थियो ।

यसअघि बैठकमा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपाल र अफ्रिकी देशहरुको सम्बन्ध, आर्थित तथा सहकार्यको संभावनाको क्षेत्र, एनआरएनए जाम्बियाका अध्यक्ष विदुर खनालले पर्यटनको सहकार्य, अफ्रिकी कोषको विषयमा केन्याका अध्यक्ष आरसी बस्याल, मानव तस्करीको समस्या बारेमा युगाण्डाका अध्यक्ष रमेश कँडेल र एनआरएनए केन्द्रीय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत कार्कीले अफ्रिकामा एनआरएनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रहरुमाथि एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने र पत्रकार मणि दाहालले टिप्पणी गरेका थिए ।

दार-ए–सलामका घोषणाहरु यस प्रकार रहेका छन-
१. यस बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको उपस्थितिलाई ध्यान दिँदै सरकारले आफ्नो उपस्थिति यस महादेशमा बढाउन आवश्यक रहेको महसुश गरेको छ । त्यसका लागि पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एक वटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गर्दछ ।

२. रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ ।

३. पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीहरुलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसको समाधानका लागि उचित कदम चल्न तथा आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गर्दछ ।

४. बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपत्कालीन राहत कोष’लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया पुर्यााउने प्रतिवद्धता व्यक्त गर्दछ ।

५. नेपाली समुदाय रहेका तर एनआरएनए राष्ट्रिय समन्वय परिषद नभएका अफ्रिकाका विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण गर्दछ ।

दोस्रो अफ्रिका क्षेत्रीय बैठक

७. दोस्रो अफ्रिका क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गर्न विशेष सहयोग गर्ने प्रिटोरियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत अमृतबहादुर राई, आयोजक एनआरएनए तान्जानिया र सहभागी अतिथी तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

एनआरएनए अफ्रिकाको बैठक नेपाल र नेपालीको हितमा केन्द्रित (फोटोफिचर सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK