एनआरएनए अफ्रिकाको बैठक नेपाल र नेपालीको हितमा केन्द्रित (फोटोफिचर सहित)

ENGLISH

NRN GLOBAL

एनआरएनए अफ्रिकाको बैठक नेपाल र नेपालीको हितमा केन्द्रित (फोटोफिचर सहित)

25 December, 2016 | arjun baral | 1425 Views | comments

nrna1गैर आवासीय नेपाली संघ (एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबार सुरु भएको छ ।

दार ए सलामस्थित नेपाली व्यवसायीको रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन आइतबार अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल भैरहेको छ ।

शनिबारको बैठकमा एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन गरिएको थियो ।

आइतबार सम्पन्न हुने बैठकको अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले र उपाध्यक्ष कुमार पन्तले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण सबै स्थानमा बराबरीको उपस्थिति गर्न नसक्ने भएपछि समस्या पर्दा सहयोग गर्न तत्पर रहेको र सबै नेपाली नेपालको सद्भवनादूत भएको बताउनुभयो ।

कार्यक्रममा संरक्षक लामिछाने, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, सदस्य अर्जुन कार्की, एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्की, तान्जानिया अध्यक्ष रोशन थापा, जाम्बियाका अध्यक्ष विदुर खनाल, पत्रकार सुवास ढकालसहितले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु र नेपालीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक आइतबार डिसेम्बर २५ मा सम्पन्न हुनेछ ।

nrna2nrna3nrna4nrna-5

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK