एनआरएनएले सुशील कोइराला फाउन्डेसनलाई सहयोग गर्ने

ENGLISH

एनआरएनए

एनआरएनएले सुशील कोइराला फाउन्डेसनलाई सहयोग गर्ने

15 May, 2018 | Sandeep Bhattarai | 2250 Views | comments

एनआरएनएशिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रमा अभियान सञ्चालन गर्नका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र संघका अध्यक्ष भवन भट्टले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अभियान सञ्चालनका लागि संघले आर्थिक सहयोग गर्नेछ । २०७२ साल माघ २५ गते कोइरालाको निधन भएपछि विसं २०७३ असोज २३ गते फाउन्डेसनको स्थापना भएको हो ।

नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको नाममा स्थापना भएको फÞाउन्डेशनका बारेमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छलफल कार्यक्रम पनि सम्पन्न भयो । कार्यक्रमको आयोजना संघको मेरिल्याण्ड शाखाले गरेको हो । पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा संरक्षक रहेको उक्त फाउन्डेसनमा महामन्त्री डा शशांक कोइराला अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले स्व. कोइराला गणतान्त्रिक नेपालको संविधानका पिता हुनुभएकाले उहाँलाई राष्ट्रले नै राष्ट्रिय महत्वका प्रधानमन्त्रीको स्थान दिनुपर्ने बताउनुभयो । सदस्यसचिव कोइरालाले राजनीतिक नभई सामाजिक विकासका लागि फाउन्डेसन स्थापना भएको जानकारी दिनुभयो । फाउन्डेसनका संस्थापक सदस्य एवं पूर्वराजदूत डा दीनेश भट्टराईले संस्थाको उद्देश्य राजनीति नभई समाज सेवा भएको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ समाजसेवी डा श्याम कार्की, वानाका अध्यक्ष अनु वन्त, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, सामाजिक अभियन्ता कृष्ण घिमिरे, डा विशाल भण्डारी, वानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, सतिस चापागाईँ, जनसम्पर्क समिति मेरिल्याण्ड शाखाका पूर्वअध्यक्ष रामचन्द्र अधिकारी तथा सुवास घिमिरे महासमिति सदस्य चित्रा केसी र नेपाल जनसम्पर्क समितिका पूर्वसंयोजक तथा महासमिति सदस्य विष्णु सुवेदीलगायतले स्व कोइरालाले पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल

अमेरिकामा शिक्षाविद् तथा समाजसेवी शिवलाल धिताल अभिनन्दित

गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK